५ श्रावण २०८३, मंगलबार | July 22, 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले गरे मन्त्रिपरिषद् विस्तार



पोखरा । अल्पमतको सरकारको नेतृत्व गरेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

कोरोना संक्रमणका कारण आफुले पद तथा गोपनीयताको सपथ लिए पनि मन्त्रिपरिषद् विस्तार गर्न पाएका थिएनन् । संक्रमणमुक्त भएसँगै गुरुङले ५ जना मन्त्रीलाई नियुक्ति दिएका हुन् । प्रदेश प्रमुख सीता पौडेलले नवनियुक्त मन्त्रीहरुलाई सपथ दिलाएकी छिन् ।

आर्थिक मामिला तथा योजनामन्त्रीमा किरण गुरूङले सपथ लिएका छन् । गुरुङ यसअघि पनि सोही मन्त्रालयको नेतृत्व गरेका थिए । मुख्यमन्त्री गुरुङले रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनलाई विना विभागीय मन्त्री बनाएका छन् ।

यसअघिको मन्त्रिपरिषदमा बस्नेत भौतिक पूर्वाधारमन्त्री, लम्साल उद्योग पर्यटन वन तथा वातावरणमन्त्री र पुन सामाजिक विकासमन्त्री रहेका थिए ।

यस्तै मन्त्रीमा नियुक्त दीपक मनाङे सपथ ग्रहण समारोहमा उपस्थित भएनन् । उनी काठमाडौं भएका कारण सपथमा सहभागी हुन नसकेको बताइएको छ ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ३ : ५१ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं