२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले गरे मन्त्रिपरिषद् विस्तार



पोखरा । अल्पमतको सरकारको नेतृत्व गरेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

कोरोना संक्रमणका कारण आफुले पद तथा गोपनीयताको सपथ लिए पनि मन्त्रिपरिषद् विस्तार गर्न पाएका थिएनन् । संक्रमणमुक्त भएसँगै गुरुङले ५ जना मन्त्रीलाई नियुक्ति दिएका हुन् । प्रदेश प्रमुख सीता पौडेलले नवनियुक्त मन्त्रीहरुलाई सपथ दिलाएकी छिन् ।

आर्थिक मामिला तथा योजनामन्त्रीमा किरण गुरूङले सपथ लिएका छन् । गुरुङ यसअघि पनि सोही मन्त्रालयको नेतृत्व गरेका थिए । मुख्यमन्त्री गुरुङले रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनलाई विना विभागीय मन्त्री बनाएका छन् ।

यसअघिको मन्त्रिपरिषदमा बस्नेत भौतिक पूर्वाधारमन्त्री, लम्साल उद्योग पर्यटन वन तथा वातावरणमन्त्री र पुन सामाजिक विकासमन्त्री रहेका थिए ।

यस्तै मन्त्रीमा नियुक्त दीपक मनाङे सपथ ग्रहण समारोहमा उपस्थित भएनन् । उनी काठमाडौं भएका कारण सपथमा सहभागी हुन नसकेको बताइएको छ ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ३ : ५१ बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३