२८ भदौ २०८३, आइतबार | September 13, 2026

कपिलवस्तुमा गोली चल्यो, माओवादी केन्द्रका नेता दिपक पाण्डे सहित अर्का एकजना घाईते



बुटवल । कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । बुधबार राति तौलिहवा–जीतपुर सडकखण्डमा पाण्डेमाथि तीनजनाको समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तौलिहवाका ३५ वर्षीय स्थायी बासिन्दा पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । हाल उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । उनीसँगै माेटरसाईकलमा सवार अर्का एकजना पनि घाईते भएका छन् ।

पाण्डेको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ ।

घाईते पाण्डे सहित भारतीय नागरिक माहेम्मद निसार खान र रियाज अख्तर मुसलमान एउटै बाईकमा गणेशपुर ताल क्षेत्रबाट तौलिहवा तर्फ आउँदै गरेको अवस्थामा निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका समूहले पाण्डे चढेकाे बाईकमा पाण्डेमाथि लक्षित गर्दै माथि गोली प्रहार भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । प्रजिअ पाण्डेका अनुसार गोली प्रहारबाट पाण्डे र भारतीय नागरिक रियाज अख्तर मुसलमान घाईते भएका छन् । पाण्डेको पेट र ढाडमा गोली लागेको र मुसलमानको कुममा गोली लागेको प्रहरीले जनाएको छ ।

गोली लागेका पाण्डे नदीजन्य पदार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले व्यावसायिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ९ : ३६ बजे

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

नेपालगन्ज । जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु

ठूला ढुङ्गा पन्छाएर तुइनखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

नारायणगढ । नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई),