५ श्रावण २०८३, मंगलबार | July 22, 2026

गण्डकी प्रदेशमा कोरोनाका १३७२ नयाँ संक्रमित थपिए, २१ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १३७२ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांअनुसार ६१५ जना महिला र ७५७ जना पुरुष गरी १३७२ जना संक्रमित थपिएका हुन् । संक्रमित हुनेहरुमा सबैभन्दा धेरै स्याङ्गजा ६११ रहेका छन् ।

यस्तै कास्कीमा ३५३ जना, तनहुँमा ९३ जना, गोरखामा १५६ जना, लमजुङमा १६ जना, नवलपुरमा ९४ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, पर्वतमा १८ जना, बाग्लुङमा ९ जना, म्याग्दीमा २१ जना र मुस्ताङ जिल्लामा १ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३२ हजार ६० पुगेको छ । जसमा १० हजार १८८ सक्रिय संक्रमित छन । पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २१ हजार ३९८ पुगेको छ ।

गण्डकीमा बिहीबारसम्म होम आइसोलेसनमा रहनेको संख्या ९ हजार ९०९ छ । बिहीबार पनि गण्डकीमा थप २१ जनाको मृत्यु पुष्टि भएको छ ।

आज मृत्यु पुष्टि हुनेमा पोखराका विभिन्न अस्पतालमा उपचाररत सात जना, नवलपुरका पाँच जना, स्याङ्गजाका चार जना, तनहुँका एक जना, गोरखाका दुई जना र बाग्लुङ जिल्लाका दुई जना छन ।

योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७३ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ५ : ४७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं