८ बैशाख २०८१, शनिबार | April 20, 2024

गण्डकी प्रदेशमा कोरोनाका १३७२ नयाँ संक्रमित थपिए, २१ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १३७२ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांअनुसार ६१५ जना महिला र ७५७ जना पुरुष गरी १३७२ जना संक्रमित थपिएका हुन् । संक्रमित हुनेहरुमा सबैभन्दा धेरै स्याङ्गजा ६११ रहेका छन् ।

यस्तै कास्कीमा ३५३ जना, तनहुँमा ९३ जना, गोरखामा १५६ जना, लमजुङमा १६ जना, नवलपुरमा ९४ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, पर्वतमा १८ जना, बाग्लुङमा ९ जना, म्याग्दीमा २१ जना र मुस्ताङ जिल्लामा १ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३२ हजार ६० पुगेको छ । जसमा १० हजार १८८ सक्रिय संक्रमित छन । पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २१ हजार ३९८ पुगेको छ ।

गण्डकीमा बिहीबारसम्म होम आइसोलेसनमा रहनेको संख्या ९ हजार ९०९ छ । बिहीबार पनि गण्डकीमा थप २१ जनाको मृत्यु पुष्टि भएको छ ।

आज मृत्यु पुष्टि हुनेमा पोखराका विभिन्न अस्पतालमा उपचाररत सात जना, नवलपुरका पाँच जना, स्याङ्गजाका चार जना, तनहुँका एक जना, गोरखाका दुई जना र बाग्लुङ जिल्लाका दुई जना छन ।

योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७३ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ५ : ४७ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन