२६ असार २०८३, शुक्रबार | July 10, 2026

गण्डकी प्रदेशमा आजसम्मकै धेरै ३० जनाको मृत्यु, ८०८ जना संक्रमित थपिए



पोखरा । शुक्रबार गण्डकी प्रदेशमा थप ८०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका १ हजार ४९० जनामा गरिएको नमुना परीक्षणमा ८०८ जनाको रिपोर्ट कोरोना संक्रमण पुष्टि भएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका सबै ११ जिल्लाका हुन । जसअन्तर्गत कास्कीका २०९ जना, तनहुँका ५४ जना, गोरखाका ७७ जना, लमजुङका चार जना, नवलपुरका १३४ जना र स्याङ्गजाका ५१ जना छन् ।

यस्तै, पर्वतका १३३ जना, बाग्लुङका १३२ जना, म्याग्दीका १२ जना, मुस्ताङका एक जना र मनाङ जिल्लाका एक जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ४० हजार ४९५ पुगेको छ । जसमा ११ हजार २७५ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ७७० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २८ हजार ५९६ पुगेको छ।

गण्डकी प्रदेशमा आजसम्मकै धेरै ३० जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका १२ जना, तनहुँका छ जना, गोरखाका तीन जना, नवलपुरका एक जना, स्याङ्गजाका तीन जना, पर्वतका दुई जना, बागलुङका एक जना, म्याग्दीका एक जना र मुस्ताङका दुई जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६२४ पुगेको निर्देशनालयले जनाएको छ ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ५ : २८ बजे

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा