१६ चैत्र २०८२, सोमबार | March 30, 2026

राष्ट्रपतिले संविधान फाल्ने षडयन्त्र गरेको कांग्रेस वरिष्ठ नेता पौडेलको आराेप, संविधान जोगाउन जनतालाई गरे आह्वान



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया सुरु गर्नु संविधान फाल्ने षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।

राष्ट्रपति भण्डारीले वैकल्पिक सरकार गठनको आह्वान गरे लगत्तै बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न २४ घण्टा पनि समय नदिनु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएका छन् ।

उनले सामान्यतया नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन भएपनि एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केही हुन नसक्ने स्पष्ट पारेका छन् ।

नेता पौडेलले सम्पुर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न अपिल पनि गरेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ९ : १४ बजे

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई