१६ चैत्र २०८२, सोमबार | March 30, 2026

पार्टीको अनुशासन नमान्नेहरुसँग हिसावकिताव हुनै पर्छ : प्रधानमन्त्री ओली



काठमाडौं । नेकपा एमालेका तथा प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले नेपाल समूहले बादललाई भोट नहालेर गम्भीर अपराध गरेको भन्दै माधव समूहसँग हिसावकिताव हुने बताएका छन् ।

शुक्रबार प्रधानमन्त्रीले बालुवाटारमा गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति कारबाहीको संकेत गरे । उनले पार्टीले उठाएका उम्मेदवारलाई हराउने, सरकार ढाल्न सक्रिय हुने अनुशासनहिन गतिविधिलाई एमालेले माफ नगर्ने चेतावनी दिएका हुन् ।

‘पार्टी अनुशासनहिनता र फोहोरी मैदान अब हुँदैन ।’ उनले भने, ‘पार्टी सिद्धान्त निष्ठ र संगठित सक्रिय संस्थाको रूपमा एमाले अघि बढ्छ ।’ नेपाल समूहले लोकतान्त्रिक र राजनीतिक आचरण प्रस्तुत नगरेको ओलीले आरोप लगाए ।

प्रधानमन्त्री ओलीले बिहीबार सम्पन्न बागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेपाल समूहले गम्भीर धोका दिएको पनि बताए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  २ : १८ बजे

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

प्रधानमन्त्री बालेन्द्रद्वारा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सांसदहरुसँग छलफल सुरु गरेका

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित