१६ चैत्र २०८२, सोमबार | March 30, 2026

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ सरकार बनाउने विपक्षी गठबन्धनकाे निर्णय



काठमाडाै । विपक्षी गठबन्धनले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेका छन् । सिंहदरबार स्थित लेखा समितिकोको बैठक कक्षमा भएको विपक्षी गठबन्धनको र्बठकले नेपालको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको हो । बहुमत सांसदहरुको हस्ताक्षर सहित नेपाललाई प्रधानमन्त्रीमा नियुक्त गर्ने दावी सहित सितल निवास जाने तयारी भएको एमालेकी नेतृ रामकुमारी झाक्रीले जानकारी दिईन् ।

सांसदहरुको आवश्यक संख्याको हस्ताक्षर संकलन भईसकेको र अवको केहिबेरमा सितल निवासमा दावी पेश गर्न जाने तयारी भएको बैठकमा सहभागी एक नेताले बताए । बैठकमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, एमालेबाट भिम रावल, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन तथा जसपाबाट महेन्द्र यादव र रेणु यादवको सहभागी रहेका छन् ।

ओलीलाई कुनैपनि मुल्यमा सरकारबाट हटाउन आवश्यक भएकाले नेपाल नेतृत्वमा सरकारको दावी गर्नु परेको नेतृ झाक्रीले बताईन् ।

संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधिसभाका कुनै पनि सदस्यले आवश्यक बहुमत सहित दावी गर्न पाईने ब्यवस्था अनुसार नेता नेपालले दावी प्रस्तुत गर्न लागेकाे बताइएकाे छ । नेपाललाई समर्थन गर्दै काङ्ग्रेसका ६०, माओवादीका४७, जसपा उपेन्द्र बाबुराम समूहका १५, जनमोर्चाका १ जना र नेपाल पक्षका २१ गरि १४४ जनाले हस्ताक्षर गरेकाे स्राेतले दावी गरेकाे छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  २ : ४९ बजे

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

प्रधानमन्त्री बालेन्द्रद्वारा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सांसदहरुसँग छलफल सुरु गरेका

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको