१६ श्रावण २०८३, शनिबार | August 1, 2026

राष्ट्रपतिको कदमका बारे मध्यरातमै नेताहरुको कडा प्रतिक्रिया, कस्ले के भने ?



बुटवल । मध्यरातमा प्रधानमन्त्री र राष्ट्रपति मिलेर संसद विघटन गर्दै मध्यावधि निर्वाचनमा मुलुकलाई ढकेलेपछि मध्यराती नै दलका नेताहरु ट्वीटरमा सक्रिय भएका छन् । उनीहरुले सरकारको कदमलाई गलत भएको टिप्पणी गर्दै राष्ट्रपति बालुवाटारको आदेश पालक मात्र बनेको आरोप पनि लगाएका छन् ।

राष्ट्रपतिको कदम बारे मध्यरातमा नै प्रतिक्रिया पोष्ट गर्दै नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले राष्ट्रपति पदको गरिमालाई बालुवाटारले बालुवामा मिलाएको टिप्पणी गरेका छन् । संविधानको धारा ७६(५) ले सांसदले गर्ने हस्ताक्षर र प्रस्ताव गर्ने विकल्पबारे बोल्ने भन्दै उनले कारबाही चेतावनीको पत्रलाई आधारमा मानेर राष्ट्रपतिले सांसदको हक छिन्न संविधाने कहाँ दिएको छ ? भनेर प्रश्न गरेका छन् ।

त्यसैगरि नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ ले राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमलाई ‘डकैती’ को संज्ञा दिएका छन् ।

राष्ट्रपतिले मध्यरातमा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवा र केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै नियुक्ति नदिने बताएपछि नेता पुनले मध्यरातमा ट्वीट गर्दै लेखेका छन् – ‘मध्यरातमा डकैती गरियो । ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे।’

कांग्रेस नेता शेखर कोईरालाले पनि मध्यरातमै ट्वीट गर्दै आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भएको टिप्पणी गरेका छन् । कोईरालाले राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको बताएका छन् । उनले अगाडि लेखेका छन् – ‘संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन।’

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ६ : २२ बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष