११ बैशाख २०८१, मंगलबार | April 23, 2024

गण्डकी प्रदेशमा कोरोनाका ५२३ नयाँ संक्रमित थपिए, १२ जनाको मृत्यु



पोखरा । गण्डकी प्रदेशमा आज ५२३ जना कोराना भाइरस कोभिड-१९ का नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार ५२३ जना संक्रमित थपिएका हुन् ।
आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसमध्ये कास्कीमा ५१ जना, तनहुँमा ५६ जना, गोरखामा ५५ जना, लमजुङमा ३२ जना, नवलपुरमा १३८ जना र स्याङ्गजामा ८० जना रहेका छन् ।

यस्तै, पर्वतमा एक जना, बाग्लुङमा छ जना र म्याग्दी जिल्लामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ । योसंगै प्रदेशमा संक्रमितको कूल संख्या ३३ हजार ६३६ पुगेको छ ।

शनिवार प्रदेशमा थप २१ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा कास्कीका १२ जना, स्याङ्गजाका छ जना, तनहुँका एक जना, पर्वतका एक जना र म्याग्दी जिल्लाका एक जना छन ।

योसंगै गण्डकीमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५२३ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ५ : १३ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना