४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना उपचारको ६ हप्ताभित्र बिरामीलाई ‘ब्ल्याक फंगस’को बढी जोखिम : चिकित्सक



नयाँदिल्ली । कोभिड उपचारको ६ हप्ताभित्र बिरामीहरूलाई ‘ब्ल्याक फंगस’को उच्च जोखिम हुने अल इन्डिया मेडिकल इस्न्टिच्युट (एम्स)का वरिष्ठ नसारोग विशेषज्ञले बताएका छन् ।

एम्समा न्युरो सर्जरीका प्राध्यापक डा. पी शरत्चन्द्रले एएनआईसँगको कुराकानीमा भने, “‘फंगल’ संक्रमण कुनै नयाँ समस्या होइन । संक्रमणका धेरै कारणहरू हुनसक्छन् । सबभन्दा महत्वपूर्ण कारणमध्ये एक मधुमेहको नियन्त्रण हुन नसक्नु, रोगीलाई भेन्टिलेसनमा राखी पूरक अक्सिजन दिँदा यो संक्रमण हुनसक्छ । कोभिड उपचारको ६ हप्ताभित्रमा मानिसलाई यी कुनै पनि कारण कालो फंगसको उच्च जोखिम रहने गर्छ ।”

उनले सचेतनाका लागि भने, “सिलिन्डरबाट चिसो चिसो अक्सिजन दिँदा यसले बिरामीहरूमा चिसोका कारण पैदा हुने ब्ल्याक फंगसजस्ता समस्या निम्त्याउने खतरा हुनसक्छ ।”

भारतका विभिन्न भागहरूमा ‘कालो ढुसी’ संक्रमणका घटनाहरू जानकारीमा आइरहेका छन् । राजस्थान, गुजरात, पन्जाब, हरियाणा, कर्नाटक, ओडिसा, तेलंगना र तमिलनाडुजस्ता राज्यहरूले महामारी रोग ऐनअन्तर्गत यसलाई ‘अधिसूचित’ रोग घोषणा गरिसकेका छन् ।

कोभिड महामारीको अतिरिक्त कालो ढुसीको संक्रमण समस्या बढ्दो चिन्ताको बीचमा दिल्लीको सर गंगाराम अस्पतालमा सानो नसाको म्युकोर्मिकोसिसको दुर्लभ घटनाहरू देखिएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ६ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको