१ चैत्र २०८२, आइतबार | March 15, 2026

खुल्यो सिद्धबाबा सुरुङमार्गको ग्लोबल टेण्डर



बुटवल । पंचायतकाल देखि नै हरेक निर्वाचनका बेला चुनावी मुद्दा बन्ने गरेको सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक अन्तर्गत सिद्धबाबा सुरुङ मार्गको मध्यावधि निर्वाचन घोषणा भएको अर्को दिन टेण्डर निकालिएको छ । नेपाल सरकारले सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबावा सडक खण्डमा सुरुङ खन्न टेण्डर आब्हान गरेको छ । चुनाव घोषणा भएको अर्को दिन नेपाल सरकार भौतिक पुर्वाधार बिकास मन्त्रालयले एक महिनाको म्याद राखेर टेण्डर आब्हान गरेको हो ।

सुरुङ खन्ने प्रक्रियाका लागि मन्त्रालयले ग्लोबल टेण्डर आब्हान गरेको हो । यो टेण्डर आब्हान संगै वर्षौदेखि मृत्युमार्ग बन्दै आएको सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा सूरुङ बन्ने आशा पलाएको छ ।

गत बर्ष अर्थ मन्त्रालयले बजेट स्विकृत गर्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई टेण्डर आह्वान गर्न भनेको थियो । नेकपा एमालेका नेता तथा रुपन्देहीका निवर्तमान संघीय सांसद बिष्णु पौडेलले १ वर्ष अगाडि नै बुटवलको कार्यक्रममा १ हप्ता भित्र सुरुङमार्गको टेण्डर खुल्ने जानकारी दिएका थिए । अघिल्लो पटक संसद विघटन गरि निर्वाचनको घोषणा गर्दा पनि पौडेल बुटवल आएर १५ दिन भित्र टेण्डर खोल्ने तयारीमा रहेको जानकारी दिएका थिए । अर्थ मन्त्रालयले अघिल्लो वर्ष नै सुरुङमार्गको लागि बजेट स्विकृत गर्दै बार्षिक बजेटमा १० अर्व १५करोडको सिमा भित्र रहेर खरिद प्रकृया अगाडि बढाउन भनेको थियो ।

सुरुङमार्गको लागि निरन्तर प्रयत्न गर्दै आएका अर्थमन्त्री बिष्णु पौडेलले आज बिहानै सामाजिक सञ्जालमा टेण्डर सुचना पोष्ट गर्दै आज सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा सुरूङमार्ग निर्माणका लागि टेण्डर आव्हान भएको जानकारी दिएका थिए ।

अति नै जोखिमयुक्त यो सडकखण्डमा दुर्घटना भइराख्ने भएकाले कतिपयले यसलाई ‘मृत्युमार्ग’ पनि भन्ने गरेका छन् । यस क्षेत्रमा पहिरो तथा सडक दुर्घटनामा परी सयौंले ज्यान गुमाइसकेका छन् । यस सडकखण्डमा दैनिक सरदर २ हजार ५ सय गाडी चल्ने गर्दछन् ।

वार्षिक ५० भन्दा बढीको मृत्यु हुने यस सिद्धबाबा खण्डको झण्डै ३ किलोमिटर क्षेत्रमा सुरुङ निर्माण हुने छ । त्यसका लागि यसअघि नै भौगर्भिक अध्ययन भइसकेको छ । सुरुङ मार्ग पाल्पाको सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडिया खोलाको छेउबाट सुरुङ सुरु हुनेछ ।

 

 

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ९ : २९ बजे

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस

नेकपाले समानुपातिकतर्फ ९ सांसदको नाम आयोगमा पठायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना