३० बैशाख २०८३, बुधबार | May 13, 2026

देश महामारीबाट आक्रान्त भएको बेला मध्यावधि चुनाव नगर्न जनस्वास्थ्यकर्मीहरुको अपील



काठमाडौं । कोरोना भाइरसको महामारीबाट आक्रान्त भैरहेको बेला देशलाई मध्यावधि चुनावमा लगेको भन्दै जनस्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।

९ जना जनस्वास्थ्यकर्मीले आज एक विज्ञप्ति प्रकाशित गर्दै देश कोभिड १९ को महामारीको दोश्रो लहरबाट अक्रान्त भैरहेको बेला प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको मध्यावधि निर्वाचन घोषणाले आफुहरु चिन्तित र मर्माहत भएको जनाएका छन् ।

कोभिड– १९ को महामारीले स्वास्थ्यमा भएको सङ्कटपूर्ण स्थितिलाई स्वीकार गर्नु र अर्कोतिर निर्वाचनको घोषणा गर्नु आफैमा विरोधाभासपूर्ण भएको उनीहरुको जिकिर छ ।

जनस्वास्थकर्मीहरुले अस्पतालको शैयामा अक्सिजन र औषधीको अभावमा बिरामीहरु उपचार नपाएर छट्पएिरहेको बेला निर्वाचनको घोषणा गर्नु नागरिकको जीवनप्रति सरकारको चरम गैरजिम्मेवारीपनको स्पष्ट उदाहरण भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, घोषित निर्वाचनमा देशमा भएको सीमित स्रोतको ठूलो अंश खर्च हुने र कोभिडमा आवश्यक पर्ने स्रोतमा कटौती भएर नागरिकले कोभिडको सेवाबाट बन्चित हुनुपर्नेछ र असिम पीडा भोग्न बाध्य हुनु पर्नेछ । त्योभन्दा अझ गम्भीर, निर्वाचनको लामो प्रकृया आफै कोभिड संक्रमणको माध्यम बनेर महामारीको भयावह स्थिति बन्न सक्ने जोखिमको कारण पनि बन्न सक्दछ । यस्तो भएको अन्य देशहरुको उदाहरण हाम्रो अगाडि छ । यो क्षम्य हुदैन र हामी जनस्वास्थ्यकर्मीहरु यो छुट कदापी दिन सक्दैनौ ।’

जनस्वास्थ्यकर्मीहरुले महामारीको बेला नागरिकको जीवनलाई जोखिममा राख्दै गरिेएको मध्याबधि निर्बाचनको घोषणा अबिलम्ब फिर्ता लिन हामी माग गरेका छन् । उनीहरुले नागरिकको स्वास्थ्य सुरक्षाप्रति सम्वेदनशील बन्दै यो घोषणाको प्रतिकार गर्न सबै सरोकारवालाहरुलाई आह्वान समेत गरेका छन् ।

यसरी विज्ञप्ति जारी गर्ने जनस्वास्थ्यकर्मीहरुमा डा. शरद वन्त, डा. महेश मास्के, डा. बद्रि राज पाण्डे, डा. सुजन बाबु मरहठ्ठा, डा. अरुणा उप्रेति, डा. समीर मणि दीक्षित, डा. बिन्ज्वला श्रेष्ठ, डा. राजेन्द्र बि. सी. र डा. कृष्णमान शाक्य रहेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  १ : १५ बजे

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला