५ श्रावण २०८३, मंगलबार | July 22, 2026

रुपन्देहीका ३ प्रहरी इन्चार्ज महिनाको उत्कृष्ट प्रहरी इन्चार्जबाट पुरस्कृत



बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला भित्रका ३ वटा प्रहरी कार्यालयका इन्चार्जहरुलाई महिनाको उत्कृष्ट प्रहरी इन्चार्जकारुपमा पुरस्कृत गरेको छ ।

महिनामा उच्च कार्य सम्पादन गर्ने प्रहरी कार्यालयका ईन्चार्जहरुलाई महिनाको उत्कृष्ट प्रहरी इन्चार्ज सम्मान प्रदान गर्ने कार्यप्रारम्भ गरिए अनुसार बैशाख महिना देखि सम्मान सहित पुरस्कृत गर्ने कार्य सुरुभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बैशाख महिनामा उत्कृष्ट इन्चार्ज हुन सफल भएका इन्चार्जहरुमा ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक रविन्द्र महत, प्रहरी चौकी शिवपुर गोनाहा रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक जितेन्द्र राय यादव र प्रहरी चौकी शान्तिबजार सुर्यपुरा रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक सनन्दन प्रसाद यादव लाई सम्मन सहित पुरस्कृत गरिएको छ । उनीहरुले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढङ्गबाट सम्पादन गर्दै यस कार्यालयबाट संचालन गरीएको फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागु औषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च मुल्याँकन प्राप्त गरेको रुपन्देहीका प्रहरी प्रवक्ता नायव प्रहरी उपरिक्षक सत्यनारायण थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले निर्धारण गरेको लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान गरी आफ्नो मातहत प्रहरी कर्मचारीहरुलाई समेत गैह्र ब्यवसायीक गतिबिधिहरु नियन्त्रण गर्दै उच्च नैतिक आचरणमा रही उल्लेखनीय भूमिका निर्वाह गरेकोले निजहरुको सम्पादित कार्यको उच्च मूल्याङ्कन ती प्रहरी अधिकृतहरुलाई महिना उत्कृष्ट प्रहरी इन्चार्ज सम्मान प्रदान गरीएको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ६ : १० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं