२२ बैशाख २०८१, शनिबार | May 4, 2024

रुपन्देहीका ३ प्रहरी इन्चार्ज महिनाको उत्कृष्ट प्रहरी इन्चार्जबाट पुरस्कृत



बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला भित्रका ३ वटा प्रहरी कार्यालयका इन्चार्जहरुलाई महिनाको उत्कृष्ट प्रहरी इन्चार्जकारुपमा पुरस्कृत गरेको छ ।

महिनामा उच्च कार्य सम्पादन गर्ने प्रहरी कार्यालयका ईन्चार्जहरुलाई महिनाको उत्कृष्ट प्रहरी इन्चार्ज सम्मान प्रदान गर्ने कार्यप्रारम्भ गरिए अनुसार बैशाख महिना देखि सम्मान सहित पुरस्कृत गर्ने कार्य सुरुभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बैशाख महिनामा उत्कृष्ट इन्चार्ज हुन सफल भएका इन्चार्जहरुमा ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक रविन्द्र महत, प्रहरी चौकी शिवपुर गोनाहा रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक जितेन्द्र राय यादव र प्रहरी चौकी शान्तिबजार सुर्यपुरा रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक सनन्दन प्रसाद यादव लाई सम्मन सहित पुरस्कृत गरिएको छ । उनीहरुले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढङ्गबाट सम्पादन गर्दै यस कार्यालयबाट संचालन गरीएको फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागु औषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च मुल्याँकन प्राप्त गरेको रुपन्देहीका प्रहरी प्रवक्ता नायव प्रहरी उपरिक्षक सत्यनारायण थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले निर्धारण गरेको लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान गरी आफ्नो मातहत प्रहरी कर्मचारीहरुलाई समेत गैह्र ब्यवसायीक गतिबिधिहरु नियन्त्रण गर्दै उच्च नैतिक आचरणमा रही उल्लेखनीय भूमिका निर्वाह गरेकोले निजहरुको सम्पादित कार्यको उच्च मूल्याङ्कन ती प्रहरी अधिकृतहरुलाई महिना उत्कृष्ट प्रहरी इन्चार्ज सम्मान प्रदान गरीएको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ६ : १० बजे

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ

गुरुकुल एकेडेमीमा शिक्षक प्रशिक्षण सम्पन्न

कपिलवस्तु । कपिलवस्तु-६, बर्मेलीमा अवस्थित गुरुकुल एकेडेमीमा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई