३१ भदौ २०८३, बुधबार | September 16, 2026

गण्डकी प्रदेशमा आज ७४४ जना सक्रमित थपिए



पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ७४४ जनामा कोरोना सक्रमित पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार आज १ हजार ७३४ जनामा गरिएको नमुना परिक्षणमा थप ७४४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा कास्कीका २६३ जना, तनहुँका १०४ जना, गोरखाका ११ जना, लमजुङका २३ जना, नवलपुरका १३३ जना र स्याङ्गजाका ८८ जना छन ।

यस्तै, पर्वतका ५९ जना, बाग्लुङका २१ जना, म्याग्दीका ३८ जना, मुस्ताङका दुई जना र मनाङ जिल्लाका दुई जना छन ।

आज पुष्टि भएकासंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ३५ हजार ३२६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ६५३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २४ हजार ४२० पुगेको छ ।

सोमबार पनि गण्डकी प्रदेशमा थप २० जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा कास्कीका तीन जना, तनहुँका दुई जना, स्याङ्गजाका छ जना, पर्वतका चार जना, बाग्लुङका चार जना र मुस्ताङ जिल्लाका एक जना छन ।

आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५५१ पुगेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ४ : ४० बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।