७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

गण्डकी प्रदेशमा आज ७४४ जना सक्रमित थपिए



पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ७४४ जनामा कोरोना सक्रमित पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार आज १ हजार ७३४ जनामा गरिएको नमुना परिक्षणमा थप ७४४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा कास्कीका २६३ जना, तनहुँका १०४ जना, गोरखाका ११ जना, लमजुङका २३ जना, नवलपुरका १३३ जना र स्याङ्गजाका ८८ जना छन ।

यस्तै, पर्वतका ५९ जना, बाग्लुङका २१ जना, म्याग्दीका ३८ जना, मुस्ताङका दुई जना र मनाङ जिल्लाका दुई जना छन ।

आज पुष्टि भएकासंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ३५ हजार ३२६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ६५३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २४ हजार ४२० पुगेको छ ।

सोमबार पनि गण्डकी प्रदेशमा थप २० जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा कास्कीका तीन जना, तनहुँका दुई जना, स्याङ्गजाका छ जना, पर्वतका चार जना, बाग्लुङका चार जना र मुस्ताङ जिल्लाका एक जना छन ।

आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५५१ पुगेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ४ : ४० बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा