६ पुस २०८२, आइतबार | December 21, 2025

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु एक घाईते



बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने एक बालिका घाईते भएकी छन् । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणमा सोमबार बेलुकी गेरुवा गाउँपालिका – १ सरखोलकी ३७ बर्षिया चन्द्रा विकको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी तिन बर्षिया छोरी दिपिका वि.क. घाईते भएकी छन् । गर्र्मीका कारण घर बाहिर आँगनमा बसिरहेका उनीहरुलाई सोमबार बेलुकी ९ बजे तिर हात्तीले आक्रमण गरेको हो । गम्भीर घाइते दीपिकालाई उपचारकालागि शिक्षण अस्पताल कोहलपुर लगिएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरिक्षक सुरेश सुवेदीले बताएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख विष्णु श्रेष्ठ सहितको टोली मंगलबार विहान घटनास्थलमा पुगेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले घटनाको अध्ययन गर्दै मृतकको परिवारलाई राहतको प्रक्रिया अगाडी बढाउने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी गराए । घटनाको विषयलाई लिएर गेरुवा गाउँपालिकाबासी आक्रोशित भएका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  १० : ५० बजे

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन