१७ असार २०८३, बुधबार | July 1, 2026

हात्तीको आक्रमणबाट एक किसानको मृत्यु



सप्तरी । सप्तरीमा आज बिहान जङ्गली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको छ । आक्रमणबाट कञ्चनरूप नगरपालिका-१२ धरमपुर टोलका ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार घरदेखि पाँच सय मिटर पश्चिममा रहेको मकैबारीमा विष्टलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको दाह्रा उनको शरीरमा गाडिएको स्थानीय स्थानीय लिलबहादुर मगरले बताए । बँदेललगायत जनावरबाट मकै जोगाउन विष्ट राति एक्लै खेतमा जाने र कहिलेकाही खेतमा बनाएको टौवा (छाप्रो) मा नै सुत्ने गरेकामा आज हात्तीको आक्रमणमा परी मृत्यु भएको उनले जानकारी दिए ।

“राति २ बजेतिर हात्ती कराएको आवाज आएको थियो, त्यतिबेला नै विष्टलाई हात्तीले मारेको हुनुपर्छ । बिहान टौवा नजिक भुइँमा लडेको देखेपछि प्रहरीमा खबर गरेका थियौँ”, मगरले भने ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  १ : ३६ बजे

भारतसँग सीमा विवाद कूटनीतिक वार्ताबाट समाधान गर्छौं : परराष्ट्रमन्त्री

काठमाडौं । सरकारले नेपाल–भारत सीमा सम्बन्धी बाँकी रहेका विवादहरू ऐतिहासिक

वैदेशिक रोजगारीमा लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी

यातायात व्यवसायीले नै गरे भाडा समायोजन गर्न माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गए रातिदेखि पेट्रोलियम

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि