४ पुस २०८२, शुक्रबार | December 20, 2025

सभामुख र पूर्वसभामुखहरुको ठहर : प्रतिनिधिसभा विघटन असंवैधानिक



काठमाडौं । पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको पूर्वसभामुखहरुसँगको बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक तरिकाले गरिएको ठहर गरेको हो ।
संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई प्रतिनिधिसभा विघटन गरिएको उनीहरुले जिकिर गरेका छन् ।

बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै पूर्वसभामुख रामचन्द्र पौडेलले भने, ‘यो सदनबाट नै सबै समस्या समाधान खोज्नुपर्ने ठाउँमा आज योभन्दा बाहिर गएर समाधान खोज्नुपर्ने, अदालततिर गएर समाधान खोज्नुपर्ने जुन अवस्था सिर्जना गरियो त्यसप्रति हामीले चिन्ता व्यक्त ग¥यौँ । सदनबाटै राजनीतिक समस्याको निकास आउनुपर्छ, देशले निकास पाउनुपर्छ । सदनको अस्तित्व जनताको अस्तित्व हो । जनताको अस्तित्वमाथि कसैले पनि खेलबाड गर्न हुँदैन ।’

छलफलमा सहभागी अर्का पूर्वसभामुख ओनसरी घर्तीले भनिन, ‘जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भयो, यो पूर्णतया असंवैधानिक छ । जनताप्रति उत्तरदायी कदम होइन ।’

बैठकमा पूर्वसभामुखहरु रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्ती उपस्थित भएका थिए । यस्तै अर्का सभामुख तारानाथ रानाभाट भर्चुअल माध्यमबाट सहभागी भएका थिए । तर, पूर्वसभामुख एवं एमाले नेता सुवास नेम्वाङ भने बैठकमा अनुपस्थित भए ।

 

 

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ४ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको