१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

सभामुख र पूर्वसभामुखहरुको ठहर : प्रतिनिधिसभा विघटन असंवैधानिक



काठमाडौं । पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको पूर्वसभामुखहरुसँगको बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक तरिकाले गरिएको ठहर गरेको हो ।
संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई प्रतिनिधिसभा विघटन गरिएको उनीहरुले जिकिर गरेका छन् ।

बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै पूर्वसभामुख रामचन्द्र पौडेलले भने, ‘यो सदनबाट नै सबै समस्या समाधान खोज्नुपर्ने ठाउँमा आज योभन्दा बाहिर गएर समाधान खोज्नुपर्ने, अदालततिर गएर समाधान खोज्नुपर्ने जुन अवस्था सिर्जना गरियो त्यसप्रति हामीले चिन्ता व्यक्त ग¥यौँ । सदनबाटै राजनीतिक समस्याको निकास आउनुपर्छ, देशले निकास पाउनुपर्छ । सदनको अस्तित्व जनताको अस्तित्व हो । जनताको अस्तित्वमाथि कसैले पनि खेलबाड गर्न हुँदैन ।’

छलफलमा सहभागी अर्का पूर्वसभामुख ओनसरी घर्तीले भनिन, ‘जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भयो, यो पूर्णतया असंवैधानिक छ । जनताप्रति उत्तरदायी कदम होइन ।’

बैठकमा पूर्वसभामुखहरु रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्ती उपस्थित भएका थिए । यस्तै अर्का सभामुख तारानाथ रानाभाट भर्चुअल माध्यमबाट सहभागी भएका थिए । तर, पूर्वसभामुख एवं एमाले नेता सुवास नेम्वाङ भने बैठकमा अनुपस्थित भए ।

 

 

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ४ : ३३ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ