१० चैत्र २०८२, मंगलबार | March 24, 2026

गण्डकी प्रदेशमा थपिए १७३३ जना नयाँ संक्रमित, ११८८ जना संक्रमण मुक्त



पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १ हजार ७३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा ३ हजार ३९९ जनामा गरिएको नमुना परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४४५ जना, तनहुँका १७० जना, गोरखाका २१९ जना, लमजुङका ६५ जना, नवलपुरका १११ जना र स्याङ्गजाका ९५ जना छन् । यस्तै, पर्वतका ११९ जना, बाग्लुङका ४१६ जना र म्याग्दी जिल्लाका ९३ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ३९ हजार ६८७ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १ हजार १८८ कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २७ हजार ८२६ पुगेको छ ।

बिहीबार पनि प्रदेशमा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा कास्कीका छ जना, तनहुँका एक जना, नवलपुरका तीन जना, स्याङ्गजाका चार जना, पर्वतका दुई जना र म्याग्दीका एक जना छन् ।

आज मृत्यु भएकासंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९४ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ५ : २३ बजे

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।