२२ भदौ २०८३, सोमबार | September 8, 2026

जसपामा स्पष्टीकरण अन्योल, जवाफ कसैले नदिने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किंदै गएपछि आपसमा सोधिएको स्पष्टीकरणको जवाफ कसैले नदिने भएका छन् । सरकारमा सहभागी हुने विषयमा विवाद चर्किंदै गएपछि स्पष्टीकरण सोध्ने, निर्णय अवज्ञा गर्ने दुवै समूहले गरेका छन् ।

जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग ‘पार्टी निर्णय र हितविपरीत कार्य किन गरेको ? भन्ने खेलमा लागेका छन् । अर्काको नेतृत्वमा सरकार बनाउने र जोगाउने पछाडि लागेर आफ्नै दल विभाजन गर्ने खेल गरिएको छ ।’ जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको सरकारमा सहभागी हुनुपर्ने अडानमा छन् ।

पार्टीले उठाउँदै आएको मधेसका केही माग पूरा भएको र केही पूरा गर्नेक्रममा रहेकाले ओली नेतृत्वकै सरकारमा सहभागी हुनुपर्ने पक्षमा उनीहरू छन् ।

पार्टी निर्णयविपरीत कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘प्रधानमन्त्री बनाउन हस्ताक्षर किन गरेको ? ‘प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा हस्ताक्षर किन गरेको ? लगायत आरोप ठाकुर समूहले लगाउँदै यादवसँग स्पष्टीकरण सोधेको छ ।

तर, संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्ष यादव समूहले र देउवा नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अडान राखेका छन् । ओली असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गर्ने, मधेसको माग सम्बोधन नगर्ने, निरंकुश भएकाले सहकार्य नहुने निष्कर्ष यादव समूहको छ । आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ७ : ४० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार