११ कार्तिक २०८३, बुधबार | October 28, 2026

अबदेखि नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट पनि बनाउन सकिने



काठमाडौं । अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने भएको छ । अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै निश्चित सर्त पूरा गरेका नागरिकलाई उपत्यकाबाट नागरिकताको प्रतिलिपि उपलब्ध गराउने जनाएको हो ।

नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता ९पाँचौं संशोधन० नियमावली, २०८३ बमोजिम यस्तो व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

नागरिकताको प्रमाणपत्र आगलागी, बाढी वा पानीले भिजेर नष्ट भएको, च्यातिएर काम नलाग्ने भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले यो सुविधा पाउनेछन् ।

व्यवस्थाअनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाबाट नागरिकता लिएका नागरिकले काठमाडौं जिल्ला प्रशासन कार्यालय तथा यसअन्तर्गतका कार्यालयबाट सेवा लिन सक्नेछन् ।

त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका नागरिकले ललितपुर जिल्ला प्रशासन कार्यालय र कोशी र मधेस प्रदेशका जिल्लाबाट नागरिकता लिएका नागरिकले भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट यो सेवा लिन सक्नेछन् ।

नागरिकताको प्रतिलिपि लिन तोकिएका जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाबाट नागरिकता लिएका व्यक्तिको हकमा निवेदकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको विवरणसँग मेल खानुपर्नेछ ।

तर, अभिलेख नभेटिएको वा अभिलेखमा उल्लेख भएको भन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर नागरिकताको प्रतिलिपि लिन चाहने व्यक्तिले भने आफूले सुरुमा नागरिकता प्राप्त गरेको जिल्लामै सम्पर्क गर्नुपर्नेछ ।

त्यस्तै, पहिलो दृष्टिमै नागरिकताको विवरण शंकास्पद देखिएका निवेदकले पनि नागरिकता जारी भएको सम्बन्धित जिल्लामै सम्पर्क गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ११ : ०१ बजे

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एकजना

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा

सुर्खेतमा चिर्पट प्रहारबाट ६२ वर्षीय मानबहादुर राजीको मृत्यु, एक जना पक्राउ

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा दाउराको चिर्पट प्रहारबाट घाइते

सुनको मूल्य तोलामा ९ सय र चाँदीको १० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ।

अबदेखि नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट पनि बनाउन सकिने

काठमाडौं । अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने भएको छ