१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

थाइ नरेशले उपलब्ध गराएका स्वास्थ्य सामाग्री नेपाललाई हस्तान्तरण



काठमाडौं । नेपालमा कोरोना महामारी विरुद्ध थाइल्याण्ड सरकारले नेपाललाई ३० युनिट हाइफ्लो नोजल क्यानोला, ८ युनिट अक्सिजन कन्सन्ट्रेटर सहित १० किसिमका सामाग्री सहयोग गरेको छ ।

थाइल्याण्डका नरेश महाबजिरालोङकन फ्रा बजिराक्लउछायुहले उपलब्ध गराएका ती सामाग्री आइतबार शाही थाई एयर फोर्सको चार्टर विमानबाट नेपाल ल्याइएको छ । थाइल्याण्डका राजदुत भोसिता भोरासावले ती स्वास्थ्य सामाग्री स्वाथ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठीलाई हस्तान्तरण गरेका छन् ।

त्रिभुवन अन्तराष्टिय विमानस्थलमा स्वाथ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विषम परिस्थितिमा नेपालका लागि थाई राजपरिवारले गरेको सहयोग महत्वपुर्ण रहेको बताए । ज्ञवालीले थाई नरेशप्रति नेपाल सरकारको तर्फबाट धन्यवाद दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले थाइ राजदुतावासमार्फत थाइ नरेशलाई पत्र पठाएर ती सामाग्री नेपाल आइपुगेको हो । सोही पत्रको आधार र स्वाथ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक पर्ने सूची तयार गरेपछि थाइल्याण्ड सरकारले स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

थाई सहयोगमा १० लाख थान सर्जिकल मास्क, ४ हजार ५ सय पीपीई गाउन, १० हजार जोडी लेग कभर, १० हजार थान सर्जिकल क्याप, ५ हजार थान फेस सिल, २० हजार थान एन्टिजेन किट, ६ सय थान पल्स अक्सिमिटर, १ हजार ५ सय थान डिजिटल थर्मामिटर, १ हजार थान बडी ब्याग रहेका छन् । त्यसबाहेक थाई राजकुमारीले ७ हजार थान पीपीई गाउन उपलब्ध गराएकी छिन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ५ : ४२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम