२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

थाइ नरेशले उपलब्ध गराएका स्वास्थ्य सामाग्री नेपाललाई हस्तान्तरण



काठमाडौं । नेपालमा कोरोना महामारी विरुद्ध थाइल्याण्ड सरकारले नेपाललाई ३० युनिट हाइफ्लो नोजल क्यानोला, ८ युनिट अक्सिजन कन्सन्ट्रेटर सहित १० किसिमका सामाग्री सहयोग गरेको छ ।

थाइल्याण्डका नरेश महाबजिरालोङकन फ्रा बजिराक्लउछायुहले उपलब्ध गराएका ती सामाग्री आइतबार शाही थाई एयर फोर्सको चार्टर विमानबाट नेपाल ल्याइएको छ । थाइल्याण्डका राजदुत भोसिता भोरासावले ती स्वास्थ्य सामाग्री स्वाथ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठीलाई हस्तान्तरण गरेका छन् ।

त्रिभुवन अन्तराष्टिय विमानस्थलमा स्वाथ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विषम परिस्थितिमा नेपालका लागि थाई राजपरिवारले गरेको सहयोग महत्वपुर्ण रहेको बताए । ज्ञवालीले थाई नरेशप्रति नेपाल सरकारको तर्फबाट धन्यवाद दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले थाइ राजदुतावासमार्फत थाइ नरेशलाई पत्र पठाएर ती सामाग्री नेपाल आइपुगेको हो । सोही पत्रको आधार र स्वाथ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक पर्ने सूची तयार गरेपछि थाइल्याण्ड सरकारले स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

थाई सहयोगमा १० लाख थान सर्जिकल मास्क, ४ हजार ५ सय पीपीई गाउन, १० हजार जोडी लेग कभर, १० हजार थान सर्जिकल क्याप, ५ हजार थान फेस सिल, २० हजार थान एन्टिजेन किट, ६ सय थान पल्स अक्सिमिटर, १ हजार ५ सय थान डिजिटल थर्मामिटर, १ हजार थान बडी ब्याग रहेका छन् । त्यसबाहेक थाई राजकुमारीले ७ हजार थान पीपीई गाउन उपलब्ध गराएकी छिन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ५ : ४२ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय