१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

वैकल्पिक विधिबाट एसईई परीक्षा गराउन बोर्डले माग्यो अनुमति



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट सञ्चालन गर्ने व्यवस्थाका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।

नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरले आइपरेको संकटका कारण स्थगित एसईई परीक्षा गर्न अझै पनि संक्रमण कम नभएको र विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउन असम्भव देखिएकोले वैकल्पिक विधिबाट परीक्षा गर्नको लागि मन्त्रालयसँग अनुमति मागेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । यसबारे मन्त्रालयले कसरी गर्ने भन्ने निर्णय दिएपछि प्रक्रिया अघि बढ्ने उनको भनाई छ ।

यस वर्षको एसईई परीक्षा जेठ १३ गतेदेखि हुने कार्यतालिका थियो । एसईईका लागि प्रश्नपत्र छपाइको काम यसअघि नै सकिसकेको थियो । ५ लाख १७ हजार विद्यार्थी एसईई परिक्षा दिने तयारीमा छन् । यस्तै, जेठ २६ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा पनि स्थगित भएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ८ : ४५ बजे

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको