४ पुस २०८२, शुक्रबार | December 19, 2025

कर्णालीमा घट्दै कोरोना संक्रमित



कर्णाली । पछिल्लो समयमा कर्णालीमा कोरोना संक्रमण जित्नेको संख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५ सय १२ कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

कर्णालीमा हालसम्म एक लाख १५ हजार ४ सय ३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १ सय ५० अर्थात् १५ प्रतिशतमा संक्रमण देखिएको छ । संक्रमण देखिएको कूल सङ्ख्यामा ९५ प्रतिशतले कोरोना भाइरस जितेर घर फर्केको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा।रविन खड्काले जानकारी दिए ।

“पछिल्लो २४ घण्टामा एक हजार १ सय १३ जनाको कोरोना परीक्षण गरिएकामा २ सय ६ जनामा सङ्क्रमण पुष्टि भएको छ”, निर्देशक डा।खड्काले भने, “कोरोना भाइरस संक्रमणबाट भने चार जनाले ज्यान गुमाएका छन् ।”

मृत्यु हुनेमा सुर्खेतका दुई, सल्यान र जुम्लाका एक/एक रहेको उनले बताए । उनका अनुसार कोरोना भाइरसबाट गम्भीर प्रकृतिका छ भेन्टिलेटरमा, ५३ आइसीयूमा, ३ सय ७० आइसोलेसन केन्द्रमा र पाँच हजार १ सय ७१ जना होमआइसोलेसनमा रहेका छन् ।

कर्णालीमा मृत्यु हुने संक्रमितको संख्या केही घटे पनि मर्ने क्रम नरोकिएकाले सोमबारसम्म २ सय ४७ जना व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ८ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको