१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

कर्णालीमा घट्दै कोरोना संक्रमित



कर्णाली । पछिल्लो समयमा कर्णालीमा कोरोना संक्रमण जित्नेको संख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५ सय १२ कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

कर्णालीमा हालसम्म एक लाख १५ हजार ४ सय ३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १ सय ५० अर्थात् १५ प्रतिशतमा संक्रमण देखिएको छ । संक्रमण देखिएको कूल सङ्ख्यामा ९५ प्रतिशतले कोरोना भाइरस जितेर घर फर्केको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा।रविन खड्काले जानकारी दिए ।

“पछिल्लो २४ घण्टामा एक हजार १ सय १३ जनाको कोरोना परीक्षण गरिएकामा २ सय ६ जनामा सङ्क्रमण पुष्टि भएको छ”, निर्देशक डा।खड्काले भने, “कोरोना भाइरस संक्रमणबाट भने चार जनाले ज्यान गुमाएका छन् ।”

मृत्यु हुनेमा सुर्खेतका दुई, सल्यान र जुम्लाका एक/एक रहेको उनले बताए । उनका अनुसार कोरोना भाइरसबाट गम्भीर प्रकृतिका छ भेन्टिलेटरमा, ५३ आइसीयूमा, ३ सय ७० आइसोलेसन केन्द्रमा र पाँच हजार १ सय ७१ जना होमआइसोलेसनमा रहेका छन् ।

कर्णालीमा मृत्यु हुने संक्रमितको संख्या केही घटे पनि मर्ने क्रम नरोकिएकाले सोमबारसम्म २ सय ४७ जना व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ८ : ४४ बजे

मनसुनी विपद् : खोज/उद्धारमा एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौँ । नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

निजी क्षेत्रलाई राज्यको प्रमुख आर्थिक साझेदारका रूपमा संवैधानिक मान्यता दिन माग

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

रास्वपा छोडेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेस

एन आई सी एशिया बैंकले गर्यो विद्यालयलाई सहयोग

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध जिल्ला