४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानन्यायाधीस राणा र सर्वोच्च बारबीच छलफल जारी, संवैधानिक इजलास पुनर्गठन गर्न बारको माग



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शम्सेर राणा गठन गरेको संवैधानिक इजलासको पुनर्गठनको माग गर्दै सर्वोच्च बारले प्रधानन्यायाधीससँग भेटवार्ता गरेको छ । अहिले प्रधानन्यायाधीश राणा र सर्वोच्च बारबीच छलफल जारी छ ।

इजलास गठनका विषयमा उठेका प्रश्न तथा विवाद निवारणका सम्बन्धमा राणा र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य सहितको टोलिकाबीच छलफल भइरहेको हो ।

संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राख्न नहुने वकिलहरूले अडान लिएको सम्बन्धमा छलफल गर्न बारको टोलि प्रधानन्यायाधीस भेट्न गएको हो । वकिलहरुले इजलास पुनर्गठनको माग गरेपनि आजको इजलासमा प्रधानन्यायाधीस राणाले पुरानै नामहरु समावेश गरेका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दामा स्वार्थ बाझिएको भनेर कानुन व्यवसायीहरुले दुई न्यायाधीशलाई इजलासबाट पछाडी हट्न दबाव दिएका थिए । त्यसबारे निर्णय गर्नका लागि सोमबार पेशी नै स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ११ : ५० बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज