५ पुस २०८२, शनिबार | December 21, 2025

वरिष्ठ न्यायाधीस समेटेर इजलास गठन हुने, प्रतिनिधिसभा विघटन माथिको सुनुवाइ जेठ २३ गते



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि सुनुवाइ गर्न बनेको संवैधानिक इजलास विवादास्पद भएपछि जेठ २३ गतेसम्मका लागि सुनुवाइ स्थगित भएको छ ।

आज बसेको संवैधानिक इजलासबाट न्यायाधीसद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले आफुहरु नहट्ने अडान राखेका छन् । त्यसलगत्तै वरिष्ठ न्यायाधीस दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले पनि आफुहरुलाई इजलासबाट अलग गरेका छन् ।

न्यायाधीसद्वय कार्की र भट्टराईले प्रधानन्यायाधीसबाट वरिष्ठ न्यायाधीसहरु समेटेर नयाँ इजलास गठनका लागि आग्रह भए आफुहरु बस्ने तर अहिलेको विवादास्पद अवस्थामा यही इजलासमा नबस्ने जनाएपछि जेठ २३ गतेसम्मका लागि रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।

अब, प्रधान्यायाधीस चोलेन्द्र शमशेर जबराले वरिष्ठ न्यायाधीसहरु समेटेर नयाँ इजलास गठन गरेपछि मात्रै यो रिटमाथिको सुनुवाइ हुनेभएको छ ।

प्रधानन्यायाधीस राणाले आजै सर्वोच्च अदालत बार एशोशिएसनका पदाधिकारीहरुसँग वरिष्ठ न्यायाधीसहरु समेटेर इजलास गठन गर्ने प्रतिविद्धता जनाएका थिए ।

प्रतिनिधिसभा विघटनमाथिको रिटमा सुनुवाइका लागि संवैधानिक इजलासमा शुक्रबारबाट बहस सुरु भएपनि रिट निवेदकका कानूनव्यवसायीहरुले नेकपा विभाजनसम्मन्धी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र त्यसमा पुनरावलोकन अस्वीकार गर्ने न्यायाधीश तेजबहादुर केसी इजलासमा रहने विषयमा प्रश्न उठाएका थिए । त्यसपछि संवैधानिक इजलासमाथि आइतबार पनि निरन्तर प्रश्न उठेपछि प्रधानन्यायाधीस राणाले सोमबार न्यायाधीस आफैले निर्णय गर्ने भन्दै आजका लागि हेर्दाहेर्दैमा इजलास स्थगित गरेका थिए ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  २ : २२ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ