२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

वरिष्ठ न्यायाधीस समेटेर इजलास गठन हुने, प्रतिनिधिसभा विघटन माथिको सुनुवाइ जेठ २३ गते



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि सुनुवाइ गर्न बनेको संवैधानिक इजलास विवादास्पद भएपछि जेठ २३ गतेसम्मका लागि सुनुवाइ स्थगित भएको छ ।

आज बसेको संवैधानिक इजलासबाट न्यायाधीसद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले आफुहरु नहट्ने अडान राखेका छन् । त्यसलगत्तै वरिष्ठ न्यायाधीस दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले पनि आफुहरुलाई इजलासबाट अलग गरेका छन् ।

न्यायाधीसद्वय कार्की र भट्टराईले प्रधानन्यायाधीसबाट वरिष्ठ न्यायाधीसहरु समेटेर नयाँ इजलास गठनका लागि आग्रह भए आफुहरु बस्ने तर अहिलेको विवादास्पद अवस्थामा यही इजलासमा नबस्ने जनाएपछि जेठ २३ गतेसम्मका लागि रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।

अब, प्रधान्यायाधीस चोलेन्द्र शमशेर जबराले वरिष्ठ न्यायाधीसहरु समेटेर नयाँ इजलास गठन गरेपछि मात्रै यो रिटमाथिको सुनुवाइ हुनेभएको छ ।

प्रधानन्यायाधीस राणाले आजै सर्वोच्च अदालत बार एशोशिएसनका पदाधिकारीहरुसँग वरिष्ठ न्यायाधीसहरु समेटेर इजलास गठन गर्ने प्रतिविद्धता जनाएका थिए ।

प्रतिनिधिसभा विघटनमाथिको रिटमा सुनुवाइका लागि संवैधानिक इजलासमा शुक्रबारबाट बहस सुरु भएपनि रिट निवेदकका कानूनव्यवसायीहरुले नेकपा विभाजनसम्मन्धी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र त्यसमा पुनरावलोकन अस्वीकार गर्ने न्यायाधीश तेजबहादुर केसी इजलासमा रहने विषयमा प्रश्न उठाएका थिए । त्यसपछि संवैधानिक इजलासमाथि आइतबार पनि निरन्तर प्रश्न उठेपछि प्रधानन्यायाधीस राणाले सोमबार न्यायाधीस आफैले निर्णय गर्ने भन्दै आजका लागि हेर्दाहेर्दैमा इजलास स्थगित गरेका थिए ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  २ : २२ बजे

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको

सभामुख अर्यालको शपथ आइतबार

काठमाडौं। नवनियुक्त सभामुख डोलप्रसाद अर्यालको पद तथा गोपनीयताको शपथग्रहण आइतबार

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री वाग्ले

वीरगञ्ज । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम

औषधि पसल र थोक बिक्रेतालाई ‘कुशल फार्मेसी अभ्यास’ मापदण्ड पालना गर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले औषधि बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित,

भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तयारी

भक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म