६ पुस २०८२, आइतबार | December 21, 2025

जसपाको ठाकुर पक्षद्वारा उपेन्द्र यादवलाई पार्टीबाट निस्काशन



काठमाडौं । जनता समाजवादी पार्टी जसपामा एक पक्षले अर्को पक्षलाई पार्टीबाट निस्काशन गर्न सुरु भएको छ ।

पार्टीको कार्यकारिणी समितिको बहुमतको निर्णयका आधारमा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्काशन गरेलगत्तै ठाकुर पक्षले पनि जवाफी फायर खोलेको छ ।

ठाकुर पक्षले अध्यक्ष यादवलाई पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको छ । आज बसेको ठाकुर पक्षका नेताहरुको बैठकले यादवलाई निस्काशन गर्ने निर्णय गरेको हो । बैठकले यादप पक्षले चार नेतामाथि गरेको कारवाही पार्टीको विधान विपरित रहेको पनि ठहर गरेको छ । यसबारे ठाकुर पक्षले निर्वाचन आयोगलाई पनि जानकारी गराएको छ ।

यसअघि सोमबार बसेको यादव पक्षको बहुमत रहेको कार्यकारिणी समिति बैठकले अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई कारवाही गरेको थियो । त्यसबारे यादव पक्षले निर्वाचन आयोगलाई पार्टीका सबै निर्णयको कपिसहित जानकारी गराएको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ४ : ४० बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा