९ चैत्र २०८२, सोमबार | March 23, 2026

चिनियाँ अनुदानको भेरोसेल जेठ २५ बाट दिइने, ६० देखि ६४ वर्षका जेष्ठ नागरिकलाई खोप लगाइने



काठमाडौं । चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप जेष्ठ नागरिकबाट दिन सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त अनुदानको खोपलाई जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई दिन सुरु गर्ने भएको हो ।

पहिलो चरणमा देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए । उनले चीनबाट प्राप्त हुने १० लाख डोज खोपले ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई पुग्ने मन्त्रालयले आंकलन गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलकाअनुसार भेरोसेल खोप लगाउन खोप केन्द्रमा जाँदा नेपाली नागरिकताको प्रमाणपत्र वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य लिएर जानुपर्ने छ ।

मन्त्रालयको तथ्यांकअनुसार अहिले सम्ममा ४ लाख ३५ हजार ११२ जनाले भारतीय कोभिसिल्ड र २ लाख ७९ हजार जनाले चिनियाँ भेरोसेल खोपको दोस्रो मात्रा लगाइसकेका छन् । कोभिसिल्ड खोप लगाएका १३ लाख भन्दा बढी नागरिक दोस्रो डोजको पर्खाइमा रहेपनि खोप कहिले आउने हो कुनै ठेगान छैन । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार पहिलो डोज खोप लगाएको ८ देखि १२ हप्ताकाबीचमा दोस्रो डोव खोप लगाउनु पर्छ । आपुर्तिको सुनिश्चितता नगरि पहिलो डोज खोप लगाईदिएका कारण १३ लाख बढी नागरिकको दोस्रो डोज खोप अन्यौलमा परेको छ ।

चीनले अनुदानमा दिएको १० लाखमध्ये ९ लाख डोज नेपाल आइपुगेको छ भने बाँकी एक लाख भोलि काठमाडौं आइपुग्नेछ । ८ लाख डोज खोप बेईजिङबाट सिधै काठमाडौ आईपुगेको छ भने बाँकी तिब्बतबाट बिस्ताबन्दीमा आउनेक्रम जारी छ । मन्त्रालयका अनुसार नेपालमा ६० देखि ६४ वर्षका नागरिकको संख्या ८ लाख ५४ हजार छन् ।

यसपटक भने पहिलो डोज लगाउने ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो डोजको सुनिश्चितता हुने गरी व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ९ : २६ बजे

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति