१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

ओलम्पिकको लागि पहिलो टोली जापान पुग्यो



एजेन्सी । जापानमा हुन गईरहेको ओलम्पिक गेम्सको लागि खेलाडीहरुको पहिलो टोली टोकियो पुगेको छ ।

अष्ट्रेलियाको महिला सफ्ट बल टिम हिजो टोकियो पुगेको हो । ओलम्पिक आयोजकका अनुसार टोकियो ओलम्पिकको लागि जापान पुग्ने यो पहिलो टोली बनेको छ ।

जुलाई १७ मा एथ्लेट भिलेजमा प्रवेश गर्नुअघि अष्ट्रेलियन सफ्ट बल टिमले जापानकै ओता शहरमा बन्द प्रशिक्षण गर्नेछ । टोकियो ओलम्पिक आगामि जुलाई २३ तारिखमा सुरु हुँदैछ ।

जापानमा टोकियो सहितका धेरै प्रान्तहरुमा कोरोना संक्रमणको कारण हाल स्वास्थ्य संकटकाल लगाईएको छ । तर पनि ओलम्पिक खेल भने रोकिएको छैन ।

अघिल्लो वर्ष हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीकै कारण एक वर्ष पछि धकेलिएको हो । ओलम्पिक गर्ने कि नगर्ने भन्ने विषयमा जापानका नागरिकहरु विभाजित छन् । जापानमा १ सय ५ वटा नगरपालिकाले विदेशी टिमलाई स्वागत गर्ने पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गरेका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ७ : ३१ बजे

देवदहमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक घाइते

देवदह । देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

तराईका जिल्लामा आज होली मनाइँदै

काठमाडौं । रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ

मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

काठमाडौं । बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले

निर्वाचन आउन दुई दिन बाँकी : आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन