१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

विश्वकप क्रिक्रेट खेल्ने मुलुकको संख्या बढाउने आइसीसीको निर्णय



काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले विश्वकप क्रिकेट खेल्ने टोलीहरुको संख्या बढाएको छ । आइसीसीले एकदिवसीय विश्वकपमा १४ र टी-ट्वन्टी विश्वकपमा २० टिमलाई समावेश गर्ने आधिकारीक निर्णय गरेको हो ।

आइसीसीको नयाँ योजना अनुसार सन् २०२७ र ३१ को एकदिवसिय विश्वकपमा १४ टिम सहभागि हुनेछन । जसमा ५४ खेलहरु खेलिनेछन । यस्तै २०२४ देखि २०३० सम्म हुने चार संस्करणको टी-ट्वन्टी विश्वकपमा २० टिमले सहभागिता जनाउन पाउनेछन् ।

आइसीसीको यो निर्णयले नेपाल जस्ता देशलाई निकै फाइदा हुनेछ । सन् २००७ को एक दिवसिय विश्वकप क्रिकेटमा १६ टिमले सहभागिता जनाएका थिए । २०११ र २०१५ मा १४ टिमलाई राखिएको थियो भने २०१९ मा भएको पछिल्लो विश्वकपमा १० टिमले मात्र खेलेका थिए ।

आइसीसीले अबदेखि महिलाहरुको टी-ट्वन्टी विश्वकपमा १० टिम र एकदिवसिय विश्वकपमा आठ टिमलाई सहभागि गराउने भएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ९ : १५ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु