३ पुस २०८२, बिहिबार | December 18, 2025

ढुंगा-गिटी-बालुवा निकासी गर्ने जनविरोधी कार्यक्रम सफल हुन दिँदैनौं : गगन थापा



काठमाडौै । नेपाली कांग्रेसका नेता गगन थापाले ढुंगा, गिटी र बालुवा निकासी गर्ने सरकारको जनविरोधी कार्यलाई सफल हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

नेता थापाले बुधबार ट्वीट गर्दै सरकारले बजेटमार्फत ढुंगा, गिटी र बालुवा निकासी गर्ने गरी बजेटमा व्यवस्था गरेर नीतिगत भ्रष्टाचार गर्ने बाटो खोजेको जिकिर गरेका छन् । थापाले सरकारले ल्याएको जनविरोधी कार्यक्रमलाई रोक्ने र सफल हुन नदिने बताएका छन्।

प्रतिनिधि सभा विघटन गरेर अध्यादेशमार्फत् ल्याएको बजेटमा अवैधानिक तवरले यस्तो जनविरोधी कार्यक्रम समावेश गरेको थापाको दाबी छ ।

थापाले आमजनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आह्वान समेत गरेका छन् ।

थापाले भनेका छन् : 

संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ। वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ प्रस्ट भएको छ। यो नीतिगत भ्रष्टाचार हो। आफ्ना यारुलाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनस् छर्लङ्ग भएको छ। चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटकपटक रोकेको हो। यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ। अदालतको आदेश, संसदीय समितिका पटकपटकका निर्देशन र नागरिक खवरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौँ नै। आमजनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आह्वान गर्दछु।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ११ : २५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका