२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

नेपालमा १० जनामा व्यक्तिमा देखियो कालो ढुसी



काठमाडौं । कोरोना भाइरसको महामारीका बीच भारतमा संकटकै रुपमा थपिएको कालो ढुसी (ब्ल्याक फङ्गस)का बिरामी नेपालमा पनि भेटिन थालेका छन् ।

नेपालमा हालसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कालो ढुसीका बिरामीहरु काठमाडौं, नेपालगन्ज र वीरगन्जका रहेका छन् ।
कालो ढुसी पुष्टि भएका १० जना बिरामीमध्ये आठ जना व्यक्तिहरु मन्त्रालयको सम्पर्कमा आइसकेका छन् । अन्य दुई जना सम्पर्कमा अझै नआएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताएका छन् ।

कोरोना महामारीकै बीच देखिएको कालो ढुसीले भारतमा निकै व्यक्तिको ज्यान लिइसकेको छ ।

कालो ढुसीले कोरोना संक्रमित भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने गर्दछ । यो सङ्क्रमण बिरलै देखिने तर सङ्क्रमण गम्भीर भए प्राणघातक हुनसक्ने प्रवक्ता पौडेलले बताएका छन् ।

कालो ढुसी भएकाहरुलाई अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने रातो हुने वा दुख्ने, आँखाका ढकनी सुनिने र ढकनी झुक्ने, ज्वरो आउने, आँखाले धमिलो देख्ने, नाकबाट रगत र बाक्लो सिङ्गान आउने, दाँत दुख्ने वा हल्लिनेजस्ता लक्षण देखापर्छ ।

विशेषगरी ४५ देखि ६५ वर्ष उमेर समूहका मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुलाई कालो ढुसी देखिएको छ । एन्टिवायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेलाई कालो ढुसी लाग्ने चिकित्सकहरुले बताएका छन् ।

कालो ढुसीबाट बच्नका लागि सफा र सुक्खा मास्क प्रयोग गर्ने, मास्क धोएर प्रयोग नगर्ने, नियमितरूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्छ । घर बाहिर वा फोहरमा काम गर्नुपरे डिस्पोजेवल पञ्जाको प्रयोग गर्ने, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने, नुनिलो पानीले नाक सफा गर्न चिकित्सकहरुले सल्लाह दिनेगरेका छन् । यस्तै पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने, जथाभावी एन्टिवायोटिक औषधि सेवन नगर्ने, मधुमेह भएका बिरामीले मधुमेह नियन्त्रण गर्ने र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि सेवन गर्नुपर्दछ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  १२ : ४७ बजे

नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । सर्लाहीको विष्णु गाउँपालिका-६ बाट नेपाली एक हजार दरका

समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल

पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा आगजनी र

एनपीएल : नवप्रतिभाका लागि सुनौलो अवसर

काठमाडौं । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय

गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

भोजपुर । गाउँघरमा कुटानीपिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा