२१ भदौ २०८३, आइतबार | September 6, 2026

कालो ढुसीको सङ्क्रमणबाट कैलालीमा एक पुरुषको मृत्यु



धनगढी । कैलालीमा कालो ढुसीको संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस (कालो ढुसी) सङक्रमितको मृत्यु भएको हो ।

अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाकाका ६५ वर्षीय पुरुषको म्युकोमाइकोसिस (कालो ढुसी) का कारण बिहीबार बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिएका छन्।

लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा बुधबार मात्रै उनमा कालो ढुसी पुष्टि भएको थियो । मिर्गौला, मधुमेह र मुटु रोगबाट ग्रसित ती पुरुष यही जेठ १७ गते अस्पताल भर्ना भएका थिए ।

ती पुरुषको कोरोना रिपोर्ट भने नेगोटिभ आएको थियो । जेठ १८ गते उनको पीसीआर परीक्षण भएको थियो । तर, ओठ वरिपरि कालो दाग देखा पर्न थालेपछि उनको बायोप्सीमार्फत परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  २ : १९ बजे

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७