२३ बैशाख २०८३, बुधबार | May 6, 2026

विश्व साईकल दिवसको अवसरमा विविध कार्यक्रम



बुटवल । विश्व साईकल दिवसको अवसर पारेर रुपन्देहिका साईक्लिङ क्लबहरुले विविध कार्यक्रम गरि मनाएको छ । बिहिबार ह्याप्पी साईक्लिङ क्लब र जिपि गाईजले संयुक्त रुपमा सडकमा रहेका विपन्न वर्गलाई खाना खुवाएको हो ।

गोलपार्क, हाटबजार, ट्राफिक चोक, हस्पिटल लाईन, बसपार्क, पुष्पलाल पार्क, देविनगर, एन्फा एकेडेमी, सिद्धबाबा क्षेत्रमा करीब २ सय जनालाई चिकन बिरायनी र खानेपानी वितरण गरिएको संयोजक मच्छिन श्रेष्ठले बताए । क्लबका सदस्यहरुबाट सहयोग संकलन गरि खाना खुवाईएको उनले बताए ।

यस्तै बुटवलका ३ जना युवाहरुले विश्व साईकल दिवसको अवसरमा सामाजिक दुरि सहित साईकल यात्रा गरेका छन । बुटवल युनाईटेडका स्वस्तिक श्रेष्ठको नेतृत्वमा कृष्ण केसी र पुरन रानाको टिमले बुटवलदेखि पाल्पाको धार्मिक पर्यटकिय स्थलको यात्रा गरेको हुन । राजा भातृहरिले तपस्या गरेको दोभानको गड्डा क्षेत्रमा रहेको सिद्धबाबा धामसम्म पुगेर पुनः बुटवलसम्म यात्रा सम्पन्न गरिएको श्रेष्ठले बताए ।

कोभिड-१९ का कारण धेरैमा मानसिक समस्या देखिन थालेको बेला साईक्लिङ मार्फत शारिरिक र मानिस स्वस्थ्य ठिक राख्न उपयुक्त माध्यम हुने चिकित्सकहरु बताउछन ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ८ : २९ बजे

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई कडा निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण

एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद

सुनचाँदीको मूल्यवृद्धि

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको