१० बैशाख २०८२, बुधबार | April 23, 2025

विश्व साईकल दिवसको अवसरमा विविध कार्यक्रम



बुटवल । विश्व साईकल दिवसको अवसर पारेर रुपन्देहिका साईक्लिङ क्लबहरुले विविध कार्यक्रम गरि मनाएको छ । बिहिबार ह्याप्पी साईक्लिङ क्लब र जिपि गाईजले संयुक्त रुपमा सडकमा रहेका विपन्न वर्गलाई खाना खुवाएको हो ।

गोलपार्क, हाटबजार, ट्राफिक चोक, हस्पिटल लाईन, बसपार्क, पुष्पलाल पार्क, देविनगर, एन्फा एकेडेमी, सिद्धबाबा क्षेत्रमा करीब २ सय जनालाई चिकन बिरायनी र खानेपानी वितरण गरिएको संयोजक मच्छिन श्रेष्ठले बताए । क्लबका सदस्यहरुबाट सहयोग संकलन गरि खाना खुवाईएको उनले बताए ।

यस्तै बुटवलका ३ जना युवाहरुले विश्व साईकल दिवसको अवसरमा सामाजिक दुरि सहित साईकल यात्रा गरेका छन । बुटवल युनाईटेडका स्वस्तिक श्रेष्ठको नेतृत्वमा कृष्ण केसी र पुरन रानाको टिमले बुटवलदेखि पाल्पाको धार्मिक पर्यटकिय स्थलको यात्रा गरेको हुन । राजा भातृहरिले तपस्या गरेको दोभानको गड्डा क्षेत्रमा रहेको सिद्धबाबा धामसम्म पुगेर पुनः बुटवलसम्म यात्रा सम्पन्न गरिएको श्रेष्ठले बताए ।

कोभिड-१९ का कारण धेरैमा मानसिक समस्या देखिन थालेको बेला साईक्लिङ मार्फत शारिरिक र मानिस स्वस्थ्य ठिक राख्न उपयुक्त माध्यम हुने चिकित्सकहरु बताउछन ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ८ : २९ बजे

प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएई)

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विद्यालय शिक्षा विधेयक

खजुरा गाउँपालिकाले आजबाट घरघरबाट फोहर उठाउँदै

खजुरा । शहरोन्मुख बाँकेको खजुरा गाउँपालिकाले आजबाट पालिका अन्तर्गतको बजार

प्रधानमन्त्रीसँग फुटबल खेलाडी कार्लोसको भेटघाट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल

बुटवलमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा

बुटवल । नेपाल पत्रकार महासंघको आयोजनामा बैशाख ११ गते बुटवलमा