११ बैशाख २०८१, मंगलबार | April 24, 2024

ओलाङ्चुङगोलाका गलैँचा घरमै थन्किए



काठमाडौं । उनको ओलाङ्चुङगोलामा उत्पादन भएका गलैँचा घरमै थन्किएका छन् । पछिल्लो एक वर्षयता याङ्की शेर्पाले बुँनेका ३६ थान गलैँचा घरमै राखिएको छ । नजिकैकि चुङ्दाक शेर्पाको घरमा पनि दुई दर्जन गलैँचा थन्किएका छन् ।

उनीहरूको मात्रै नभई गाउँका अधिकांशको घरमा व्यावसायिक रूपमा बुँनेका गलैँचा बिक्री नहुँदा घरमै राखिएका छन् । “कोभिड-१९ को सङ्क्रमणका कारण चीनतर्फको नाका पूर्णरूपले बन्द भई निर्यात नहुँदा करिब २ हजार २५० हाराहारीमा गलैँचा थन्किएका छन्”, त्यहाँका वडाध्यक्ष छेतेन शेर्पाले भने ।

उनका अनुसार ओलाङ्चुङगोलामा उत्पादीत गलैँचाको मूख्य बजार चीनको तिब्बत हो । एक अघिदेखि टिपताला नाकाबाट आवतजावतमा पूर्णरूपले रोक लगाईएपछि गलैँचाको व्यपार ठप्प छ । सङ्क्रमण फैलने भन्दै गत वर्षको चैतमा तिब्बतले नाका बन्द गराएको गोलाबासीलाई जानकारी गराएको थियो । त्यस यता नाका खुलेको छैन ।

नेपाली बजारको तुलनामा तिब्बतका बजारमा एउटा गलैँचाको मूल्य करिब १० हजार रुपैँया बढी पाउने भएकाले व्यवसायीले तिब्बततर्फ नै निर्यात गर्दै आएका थिए । यहाँ बनेका गलैँचा गुणस्तरीय हुने भएकाले तिब्बतका बजारको रोजाईमा पर्ने गरेको स्थानीय व्यवसायीले बताए ।

यस्तै नेपाली बजारमा ग्राहकले सस्तो खोज्ने हुँदा लगानी र मेहनतअनुसार मूल्य नपाउने यहाँका व्यवसायीको भनाइ छ । “नाका बन्द हुँदा गलैँचाको व्यापार ठप्प छ, नेपालमै बेचौँ त, भने जस्तो मूल्य पाइँदैन, एक वर्षदेखि बनेका गलैँचा घरैमा थन्किए, अरु आम्दानीको श्रोत पनि छैन, समस्या हुँदै गयो”,स्थानीय भुजुङ शेर्पाले भने ।

व्यवसायीका अनुसार नेपालमा १० देखि १५ हजारका दरले बिक्री हुने गलैँचा तिब्बतमा २० देखि २५ हजार रुपैँयामा बिक्री हुन्छ । गुणस्तरको आधारमा ३०-३५ हजार रुपैँयासम्म पर्ने उनीहरूले बताए । एउटा गलैँचा बन्न कम्तिमा १ हप्तासम्म लाग्छ । गलैँचा बन्न प्रयोग गरिने धागो, रङ्गलगायत सामान तयार गर्न छुट्टै समय लाग्छ । आवश्यक पर्ने कच्चा पदार्थ चीन बाटै ल्याउने गरिए पनि नाका बन्द भए यता नेपालकै बजारबाट ल्याउन थालिएको छ ।

एक वर्षदेखि गलैँचा बिक्री नभए पनि यहाँका बासिन्दाले गलैँचा बन्न छाडेका छैनन् । नाका खुल्ला अनि बेचौँला भन्दै बन्दाबन्दीको समयलाई गलैँचा बनेर सदुपयोग गरिरहेका छन् । यतिबेला निषेधाज्ञाले कतै जान आउन नपाउने भए पछि घरैमा रहेका स्थानीयले गलैँचा बनेरै समय बिताउने गरेको वडाध्यक्ष शेर्पाले बताए । “आवश्यक पर्ने कच्चा पदार्थ एक वर्ष सम्मलाई पुग्ने गरी काठमाडौंलगायत ठाउँबाट ल्याएर गलैँचा बुनिरहेका छन्, लामो समयसम्म चीनतर्फको नाका नखुले अन्य बजार खोजेर पनि बजारीकरणमा सहयोग गर्नु पर्ला”, वडाध्यक्ष शेर्पाले भने ।

सदरमुकामबाट सवारी साधन र पैदल गरी दुई दिनमा पुगिने ओलाङ्चुङगोलामा हाल ५३ घर परिवारको बसोबास छ । यहाँका बासिन्दाले गलैँचा बुन्ने, पशु पालन गर्ने र जडिबुटी सङ्कलन गर्ने गरेका छन् । पछिल्लो समय जनशक्तिको अभाव, जङ्गली जनावरको आक्रमणका कारण पशुपालन घट्दै गएको छ भने जडिबुटी सङ्कलन पनि कमैले मात्र गर्न थालेका छन् ।

अन्य पेशाव्यवसाय नभएकाले गलैँचा उत्पादन नै यहाँका बासिन्दाको मुख्य पेशा व्यवसाय बनेको तर सङ्क्रमण रोक्न गरिएको बन्दाबन्दीले व्यापार ठप्प हुँदा भने एक वर्षदेखि आर्थिक समस्या झेल्नु परेको स्थानीयवासीले बताएका छन् । गाउँमा वडाको बजेटबाट सञ्चालन हुने सानातिना योजनामा काम गर्न पाएकाले सामान्यतः सहयोग मिलेको समेत उनीहरूले बताए । रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ८ : ५० बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना