३ फाल्गुन २०८१, शनिबार | February 16, 2025

कर्णाली सरकार विस्तार कांग्रेसको तर्फबाट मन्त्री बनेका बिसी र श्रेष्ठले लिए सपथ



सुर्खेत । सत्ता छोडेको तीनवर्ष पछि नेपाली कांग्रेस पहिलो पटक सरकारमा सहभागी भएको छ । कर्णाली प्रदेश सरकारमा कांग्रेसको तर्फबाट दुई मन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् । यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्री र दिनबन्धु श्रेष्ठले जलस्रोत तथा उर्जा विकास मन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी सपथ लिएका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेतृत्व गरेको सरकार विरुद्ध एमालेले अविश्वासको प्रस्ताव ल्याएपछि गत वैशाख ३ गते कांग्रेसले शाहीलाई समर्थन गरेको थियो । त्यसपछि कांग्रेस सरकारमा सहभागी हुने भनिएपनि लामोसमयसम्म मन्त्रालय लगायतको विषयमा कुरा नमिल्दा कांग्रेसको सत्तारोहण ढिला भएको थियो । बिसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय कांग्रेसले शुक्रबार गरेको थियो ।

यससँगै २०७४ फागुन ३ गतेपछि टुटेको कांग्रेसको सत्ताको डोरी पुनः जोडिएको हो । २०७४ फागुन ३ गतेसम्म कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार रहेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ३ : २१ बजे

पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी

पाल्पा । जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी

‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल

बाँकेमा १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव भएपछि अस्पताल भर्ना, एकजना पक्राउ

नेपालगन्ज । बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार