२१ भदौ २०८३, आइतबार | September 6, 2026

कर्णाली सरकार विस्तार कांग्रेसको तर्फबाट मन्त्री बनेका बिसी र श्रेष्ठले लिए सपथ



सुर्खेत । सत्ता छोडेको तीनवर्ष पछि नेपाली कांग्रेस पहिलो पटक सरकारमा सहभागी भएको छ । कर्णाली प्रदेश सरकारमा कांग्रेसको तर्फबाट दुई मन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् । यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्री र दिनबन्धु श्रेष्ठले जलस्रोत तथा उर्जा विकास मन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी सपथ लिएका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेतृत्व गरेको सरकार विरुद्ध एमालेले अविश्वासको प्रस्ताव ल्याएपछि गत वैशाख ३ गते कांग्रेसले शाहीलाई समर्थन गरेको थियो । त्यसपछि कांग्रेस सरकारमा सहभागी हुने भनिएपनि लामोसमयसम्म मन्त्रालय लगायतको विषयमा कुरा नमिल्दा कांग्रेसको सत्तारोहण ढिला भएको थियो । बिसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय कांग्रेसले शुक्रबार गरेको थियो ।

यससँगै २०७४ फागुन ३ गतेपछि टुटेको कांग्रेसको सत्ताको डोरी पुनः जोडिएको हो । २०७४ फागुन ३ गतेसम्म कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार रहेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ३ : २१ बजे

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७