१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कोरोना संक्रमणबाट विदेशमा बस्ने थप १३ नेपालीको मृत्यु



लण्डन । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत दुई सातमा विदेशमा थप १३ जना नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार अनुसार साउदी अरबमा ७ जना, भारतमा ५, कतारमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ३५ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १० हजार १ सय ९६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १ लाख ६ हजार ८ सय २३ हजार नेपाली कोरोनामुक्त भएका छन् । हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९३ प्रतिशत नेपाली मुक्त भएका छन् ।

संघका अनुसार विगत दुई सातामा भारत, माल्दिभ्स्, साउदी अबर, कतार लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

यसैबीच नेपालमा हालसम्म ५ लाख ८८ हजार १ सय २४ जना संक्रमित पुगेकोमा ७६ दशमलव ६ प्रतिशत अर्थात ४ लाख ९१ हजार ९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण आइतवार सांझसम्म ७ हजार ८ सय ९८ जनाको निधन भएको छ ।

आइतबार साँझसम्म नेपालमा ६ लाख १ हजार भन्दा बढीमा संक्रमण देखा परेको छ । हालसम्म ४ लाख ९१ हजार ९ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ८ सय ९८ जनाको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्धारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।

डा सागर पौडेल (भारत), डा नितेश शर्मा (मध्यपूर्व), डा बोधराज सुवेदी (युरोप), डा. रुपक श्री (माल्दिभ्स) लगायत विश्वभर २ सय जना चिकित्सकहरुले तथ्यांक संकलनमा सहयोग गरिरहेका छन् ।

यसैबीच समितिले जारी गरेको स्वास्थ्य निर्देशिकालाई अनुशरण गर्न पनि अनुरोध गरिएको छ । यस्तै संक्रमणबाट बच्नका लागि खोप मात्रै अचुक उपाय साबित भइरहेको छ । तर सबैको पहुँचमा खोप पुगिरहेको अवस्था छैन । यस्तोमा एउटै कम्पनीबाट विभिन्न मुलुकमा विकास गरिएका खोपहरुको प्रयोग पनि गर्न सकिने तथ्य आइरहेका छन् । यसर्थ पनि तत्काल खोपको सुनिश्चितता गरी खोपको पहुँच स्थापित गर्नेतर्फ पनि लाग्नुपर्ने समितिले सुझाएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ५ : ५१ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना