७ आश्विन २०८३, बुधबार | September 23, 2026

भैरहवाको बुद्ध चोकदेखि गौतमबुद्ध विमानस्थल अगाडिसम्म बुद्धमूर्तिले सिंगारिँदै



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) क्षेत्रका मुख्य सडकको डिभाइडरमा धमाधम बुद्धमूर्ति राख्ने काम भइरहेको छ । भैरहवाको बुद्ध चोकदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन अगाडिसम्म मूर्ति राख्ने काम जारी छ ।

पहेंलो धातुले लेपन गरिएका मेटलका मूर्ति सडकको बीच भाग (डिभाइडर) मा ठडाउन सुरु छ । यसले नगरको सौन्दर्यता थप सुन्दर बनाउँदै लगेको छ । लुम्बिनी प्रदेश सकार पर्यटन मन्त्रालय अन्तर्गत पर्यटक डिभिजन कार्यालयले उपलब्ध गराएको ७५ लाख रुपैयाँबाट अहिले मूर्ति राख्ने काम भइरहेको हो ।

कार्यालयले बुद्धमूर्ति उपभोक्ता समिति गठन गरेर अहिले धमाधम मूर्ति राखिरहेको छ । उपभोक्ता समिति अध्यक्ष भरतकुमार पोखरेलले चालु आर्थिक वर्षभित्रै बुद्ध चोकदेखि गौतमबुद्ध विमानस्थलसम्म १९ वटा बुद्धमूर्ति राखिने जानकारी दिए । उनले भने, ‘सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान अन्तर्गत अहिले मूर्ति राख्ने काम जारी छ । यसले नगरको सुन्दरता थप गर्ने छ ।’

पोखरेलका अनुसार कोरोना महामारीले मूर्ति राख्न केही ढिलाइ भए पनि आबभित्रै सबै मूर्ति राख्ने गरी दु्रत गतिमा काम भएको छ । ‘डेढ महिना अघि मात्रै उपभोक्ता समिति गठन भएको हो । यसबीचमा निषेधाज्ञाले काममा केही ढिलाइ भएको छ । तर पनि हामीले रातदिन नभनी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गरिराखेका छौं’, उनले भने ।

अहिले मूर्ति राख्नका लागि पिलर बनाउने काम अन्तिम चरणमा पुगेको छ । काठमाडौंको पाटनमा मूर्ति धमाधम तयार भइरहेका छन् । ६ वटा मूर्ति भैरहवा ल्याएर जडानको काम जारी छ । ‘बाँकी मूर्ति पनि आवभित्रै तयार हुन्छन्, त्यसपछि हामीले यहाँ ल्याएर जडान गर्नेछौं’, उपभोक्ता समिति कोषाध्यक्ष कृष्ण भट्टराईले भने ।

अघिल्लो आर्थिक वर्षमा सिद्धार्थनगर नगरपालिकाले बुद्धमूर्ति व्यवस्थापन उपभोक्ता समिति गठन गरेर भैरहवाको अंचलपुरदेखि बेलहिया बाइपास सडकसम्म बुद्धमूर्ति राखेको थियो । उक्त समतिको पनि अध्यक्ष भएर पोखरेलले काम गरेका थिए । त्यसबेला नगरले ४६ लाख रुपैयाँ उपलब्ध गराएको थियो भने उपभोक्ता समितिले विभिन्न संघसंस्था र उद्योगी–व्यवसायीसँग सहकार्य गरी २५ लाख रुपैयाँ सहयोग उठाएर मूर्ति व्यवस्थापनको काम गरेको थियो ।

उक्त रकमबाट अघिल्लो वर्ष १९ वटा बुद्धमूर्ति सडक डिभाइडरमा राखिएको छ । सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले नगरपालिकालाई बुद्धमय बनाउने अभियानअनुसार मूर्ति राख्ने काम भइरहेको जनाए । उनले भने, ‘यो शान्तिभूमि, पर्यटकीय नगर हो । यहाँ जति सुन्दरीकरण गर्न सक्यौं । यसले नगरको गरिमा मुलुकमा मात्रै नभई देशविदेशमा पनि जान्छ ।’

सहज अवस्थामा बेलहिया नाका हुँदै लाखौं विदेशी पर्यटक नेपाल भित्रिन्छन् । नाकाबाट आउने पर्यटकले पहिलो पाइल नगरमै टेक्ने भएकाले यहाँ बुद्ध चिनारीका कुनै वस्तु नहुँदा बुद्धभूमि आएकोसमेत थाहा पाउँदैनथे । अहिले बुद्धमूर्ति राखिए पछि पर्यटकले नाकामा आउँदावित्तिकै बुद्धभूमिमा आएको महसुस गर्न सक्ने अधिकारीले बताए ।

उपभोक्ता समिति अध्यक्ष पोखरेलले भैरहवालाई शान्ति र सुन्दर नगरी बनाउन चाहेको र सोहीअनुसार जनप्रतिनिधिसँग हातेमालो गरेर आफूहरुले काम गरिरहेको बताए । ‘सिद्धार्थनगर भनेको बुद्धस्थल हो । नेपाल आउने पर्यटकले शान्तिको सन्देश लिएर जानुपर्छ । सिद्धार्थनगर, लुम्बिनी र नेपालप्रति पर्यटकको माया थप बढोस् । उनीहरुले बुद्धको ज्ञान संसार भरी छरुन भन्ने उद्देश्यले मूर्ति राखिएको हो’, पोखरेलले भने ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ८ : १० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई