१० चैत्र २०८२, मंगलबार | March 25, 2026

स्याङ्जामा १० लाख बढिको स्वास्थ्य सामाग्री वितरण



स्याङ्जा । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले ‘विपदमा संगसंगै’ भन्ने नारा लिएर आपतकालिन राहतकोष सुरु गरेकोमा यसले सार्थक रुप लिएको छ ।

विश्वभरि रहेका स्याङ्जालि हरुको सहयोगमा कोरोनाको दोस्रो भेरियेण्ट पश्चात १० लाख रुपैँया भन्दा बढिको स्वास्थ्य सामाग्री स्याङ्जाका ११ वटै स्थानिय तहमा हस्तान्तरण गरिएको छ ।

कोभिडले आक्रान्त परेर जीवनस्तर नै प्रभावित पारेको अवस्थामा विभिन्न चरणमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम अनुसार जिल्लाका सबै पालिकाहरुमा आवश्यकता अनुसारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको संस्थाका सल्लाहकार सुरेश रेग्मीले जानकारी दिए ।

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ, चापाकोट नगरपालिका, फेदीखोला, आँधिखोला र अर्जुनचौपारी गाउँपालिकालाई ३-३ वटा ४० लिटरका अक्सिजन सिलिण्डर र विरुवा, हरिनास र कालिगण्डकी गाउँपालिकालाई ५-५ लिटरका अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराईएको थियो । त्यसैगरी समाजले जिल्लाका सबै पालिकाहरुलाई १०-१० वटा अक्सिमिटर उपलब्ध गराएको छ ।

फ्रन्टलाईनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधि लगायतलाई हौसल्ला प्रदान गर्न यसरि सहयोग गरिएको अध्यक्ष जीवन न्यौपानेले बताएका छन् । जनताले अक्सिजनको अभाव र उपचार नपाएर ज्यान गुमाउनुपर्दा आफुहरु टुलुटुलु हेरेर बस्न नसकी विपतको समयमा विश्वभरि छरिएर रहेका स्याङ्जाबासी दाजुभाइ तथा दिदीबहिनी पनि साथ मै छौं भन्ने संदेश दिनको निम्ति यसरि सहयोग वितरण कार्यक्रम गरिएको उनले बताए ।

पहिलो चरणमा संस्थाले १०० वटा अक्सिजन सिलिन्डर भर्नको निम्ति आर्थिक सहयोग गरेको थियो । २० वटाभन्दा बढि देशमा रहेका एनसीसी संग समन्वय गरि आइसिसिले स्याङ्जामा विभिन्न घटनामा राहत वितरणको काम गरिरहेको छ ।

‘विश्व नै कोभिडको कारणले आक्रान्त बनेको अवस्थामा विदेशमा बसेर पनि आफ्नो मात्रिभुमि प्रती गरेको सहयोगले आफुहरुलाई हौसला बढाएकोले सहयोगी सबैलाई आशिर्वाद र पुण्य मिल्नेछ’, वालीङ नगरपालिका प्रमुख दिलिप प्रताप खांडले भने ।

यस्तै कालिगण्डकी गाउपालिका प्रमुख खिम थापाले विदेशमा अध्ययन र कामको सिलसिलामा गएपनि जिल्लामा केहि घटना हुनेबित्तिकै सम्झेर सहयोग गर्न तत्पर रहने क्रियाकलापले आफुलाई खुशी लागेको भन्दै संस्थाको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

यस अभियानमा अस्ट्रेलिया, जापान, स्पेन, कतार, युके, साउदी-अरब, दक्षिण-कोरिया, बेल्जियम, युएइ, र कुवेतमा रहेका स्याङ्जा सहयोग समाज अन्तर्गतका संस्थाहरुको संस्थागत सहयोग रहेको थियो भने केहि देशहरुबाट व्यक्तिगत सहयोग समेत प्राप्त भएको थियो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका संरक्षक अनन्त कुमार श्रेष्ठ, सल्लाहकारहरु सुरज रेग्मी, भुपराज बस्याल, रामु बस्याल, उपाध्यक्ष प्रकाश श्रेष्ठ, सचिव तथा प्रवक्ता मुक्ति सुवेदी, सह-कोषाध्यक्ष डोलराज डुम्रे र सदस्य धर्म पराजुली,लक्ष्मण बस्याल लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ८ : १९ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण