१४ असार २०८३, आइतबार | June 28, 2026

स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै



स्याङ्जा । आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार मतदाता कायम भएको छ ।

२०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भई दुई लाख ४८ हजार ८१६ जनाले आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार पुरुष एक लाख २२ हजार ४६४, महिला एक लाख २६ हजार ३५१ र अन्य एक गरी कुल दुई लाख ४८ हजार ८१६ मतदाता रहेका हुन् ।

जिल्लामा पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ । पुरुषभन्दा महिला मतदाता तीन हजार ८८७ जना धेरै रहेका छन् । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा एक लाख ३० हजार ८८६ मतदाता छन् । स्याङ्जा क्षेत्र नं २ मा एक लाख १७ हजार ९३० मतदाता छन् ।

क्षेत्र नं १ मा गत निर्वाचनका तुलनामा यस वर्ष तीन हजार ४७५ मतदाता थप भएका छन् । क्षेत्र नं २ मा एक हजार २५२ मतदाता थपिएका कार्यालय प्रमुख थापाले जानकारी दिए। जिल्लामा २०७९ को निर्वाचनमाभन्दा यस वर्षको निर्वाचनमा कूल चार हजार ७२७ मतदाता थपिएका हुन् ।

विसं २०७९ मा भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा दुई लाख ४४ हजार ०८९ मतदाता रहेका थिए । स्याङ्जा जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १९९ मतदानस्थल कायम गरिएको छ भने ३२२ मतदान केन्द्र रहने उनले जानकारी दिए। गत निर्वाचनमा १९९ मतदानस्थल रहेको थियो भने मतदान केन्द्र ३२० कायम रहेकोमा यसपटक दुई मतदान केन्द्र थप भएका हुन् ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १२ : ११ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा