२७ श्रावण २०८३, बुधबार | August 12, 2026

विश्वकप फुटबल छनोट : नेपालविरुद्ध पहिलो हाफमा जोर्डनलाई अग्रता



काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपका लागि जारी एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरणमा आज नेपालले जोर्डनसँग प्रतिस्पर्धा गरिरहेको छ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा सोमबार राति भएको खेलको पहिलो हाफसम्म नेपालविरुद्ध जोर्डनले १-०को अग्रता लिएको छ ।

खेलको २३औैँ मिनेटमा जोर्डनको लागि बहा फैसलले पेनाल्टीमार्फत गोल गरेका हुन् । रोहित चन्दले सुलेमानलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

एसिया कपको लागि सिधै तेस्रो चरणको छनोटमा पुग्नका लागि नेपाललाई आज जित आवश्यक छ । तर जोर्डन नेपालभन्दा बलियो टोली हो र अहिलेसम्म नेपालले जोर्डनलाई पराजित गर्न सकेको छैन । जोर्डन फिफा वरियतामा नेपालभन्दा ७६ स्थान माथि छ । जोर्डन ९५ औं र नेपाल १७१ औं स्थानमा छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  १० : ४३ बजे

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, सबै मन्त्रीले दिए राजीनामा

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारमा