२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित



बुटवल । बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३ औँ वार्षिक साधारण सभा तथा २६ औँ अधिवेशनअन्तर्गत भएको निर्वाचनमा पौडेलले ८३३ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् ।

अध्यक्ष पदका अर्का उम्मेदवार टंकप्रसाद गैरेले ६०९ मत प्राप्त गरेका छन् ।

संघको वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई ७२४ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी विमलराज भट्टराईले ६९८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ ७१२ मतसहित निर्वाचित भएका छन् भने वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारीले ७११ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् ।

महासचिवमा वसन्तप्रसाद ढकाल ७१४ मतसहित निर्वाचित भएका छन् । कोषाध्यक्षमा टिकराम बनजाडेले ७३८ मत प्राप्त गर्दै जित हासिल गरेका छन् भने सचिवमा दीपकप्रसाद चापागाईं ७५२ मतसहित निर्वाचित भएका छन् ।

यसैगरी, सहकोषाध्यक्षमा कमला पौडेल शर्मा पराजुली (मञ्जु) ६६६ मतसहित निर्वाचित भएकी छन् । एसोसिएट्स सदस्यमा बालकृष्ण पौडेलले ७८१ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार उद्योग तथा वाणिज्य क्षेत्रका विभिन्न पदमा पनि उम्मेदवारहरू निर्वाचित भएका छन् । सदस्य पदका लागि खुला, महिला, उद्योग तथा वाणिज्य समूहबाट उम्मेदवारी परेको थियो ।

विभिन्न पदमा आवश्यक संख्याभन्दा बढी उम्मेदवारी परेपछि मतदान गरिएको थियो । केही पदमा उम्मेदवारबीच सहमति कायम गर्दै गोलाप्रथामार्फत परिणाम टुङ्ग्याइएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  १२ : १७ बजे

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी । रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल

सांसद खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन, सार्वजनिक कार्यक्रममा रोक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की । वडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको