३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

विश्वकप फुटबल छनोट : नेपाल जोर्डनसँग ३-० ले पराजित



काठमाडौं । विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपाल र जोर्डनबीचको फुटबल खेलमा जोर्डनसँग नेपाल ३-० ले पराजित भएको छ ।                      कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९:४५ बजेबाट सुरु भएको खेलमा पहिलो गोलका लागि डि-बक्समा बल क्लियर गर्ने क्रममा सुनिल तामाङले फउल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो ।

सोही अवसरलाई सदुपयोग गर्दै बाहाले गोल गरेका हुन् । उक्त फउलका लागि सुनिलले पहेँलो कार्ड पाएका थिए। दोस्रो हाफ पछि पनि जोर्डनले १ गोल लगाएको थियो । जोर्डनका लागि दुबै गोल बाहा फैजलले गरेका हुन् । मध्यान्तर अघि १-० ले अग्रता लिएको जोर्डनले मध्यान्तरपछि ४८ औं मिनेटमा दोस्रो गोल गरेको हो ।

तेस्रो गोल यजान अल अरबले तेस्रो गोल गरे । यजानको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । फैजलले खेलको २३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए । कुबेतको तापक्रम ३९ डिग्री सेन्टिग्रेट रहेको थियो । यो तापक्रम नेपाली खेलाडीका लागि प्रतिकूल रहेको थियो । समूह ‘बी’ मा रहेको नेपालले ७ खेलबाट दुई जितका साथ ६ अंक हासिल गरेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ४ : ५९ बजे

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

ललितपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना

बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

काठमाडौँ । शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी

दसैंदेखि छठसम्म वालेटमा एक दिनमा ५० पटकसम्म पैसा जम्मा गर्न सकिने

काठमाडौं । ठूला चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वालेटमा

प्रहरी सङ्गठनलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र

एमाले केन्द्रीय कार्यालयको सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं। एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ