११ बैशाख २०८१, मंगलबार | April 24, 2024

विश्वकप फुटबल छनोट : नेपाल जोर्डनसँग ३-० ले पराजित



काठमाडौं । विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपाल र जोर्डनबीचको फुटबल खेलमा जोर्डनसँग नेपाल ३-० ले पराजित भएको छ ।                      कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९:४५ बजेबाट सुरु भएको खेलमा पहिलो गोलका लागि डि-बक्समा बल क्लियर गर्ने क्रममा सुनिल तामाङले फउल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो ।

सोही अवसरलाई सदुपयोग गर्दै बाहाले गोल गरेका हुन् । उक्त फउलका लागि सुनिलले पहेँलो कार्ड पाएका थिए। दोस्रो हाफ पछि पनि जोर्डनले १ गोल लगाएको थियो । जोर्डनका लागि दुबै गोल बाहा फैजलले गरेका हुन् । मध्यान्तर अघि १-० ले अग्रता लिएको जोर्डनले मध्यान्तरपछि ४८ औं मिनेटमा दोस्रो गोल गरेको हो ।

तेस्रो गोल यजान अल अरबले तेस्रो गोल गरे । यजानको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । फैजलले खेलको २३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए । कुबेतको तापक्रम ३९ डिग्री सेन्टिग्रेट रहेको थियो । यो तापक्रम नेपाली खेलाडीका लागि प्रतिकूल रहेको थियो । समूह ‘बी’ मा रहेको नेपालले ७ खेलबाट दुई जितका साथ ६ अंक हासिल गरेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ४ : ५९ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना