२१ चैत्र २०८२, शनिबार | April 4, 2026

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत



कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको ३० मत प्राप्त गर्दै भट्टले विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । विपक्षमा जम्मा ९ मत परेको छ ।

५२ सदस्यीय प्रदेशसभामा १२ जना सभासद अनुपस्थित रहेका थिए । विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक थियो । भट्टलाई आफ्नो पार्टी माओवादी केन्द्रको १३ मत र एमालेको १७ मत परेको छ ।

एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजना सांसदले विपक्षमा मतदान गरेका छन् । मतदानमा कांग्रेसले भने भाग लिएन ।

प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद मात्र छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल एमालेका २५ सांसद, तथा काँग्रेसका १२ सांसद छन् भने जसपाका दुई सांसद छन् ।

प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै मुख्यमन्त्री भट्ट सरकारले स्थायित्व पाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  १२ : २५ बजे

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा