१६ माघ २०८२, शुक्रबार | January 31, 2026

प्रमुख प्रतिपक्षी दलको हैसियत कायमै राख्न मुख्यमन्त्री भट्टलाई दिएन कांग्रेसले भोट



धनगढी । सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत हासिल गरेका छन् ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा  १३ जना मात्र सांसद रहेको माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्टले नेकपा एमालेको १७ मत पाएर विश्वासको मत पाएका हुन् ।

केन्द्रमा माओवादी केन्द्र र र कांग्रेस सहितको गठबन्धन बनेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्नुपर्ने दाबी गर्दै माओवादीसहितका पाँच दलका सांसदहरुले हस्ताक्षर गरेका छन् । सबै विपक्षी दलहरु एक भएर सर्वोच्च अदालतमा पनि मुद्दा हालेका छन् ।

केन्द्रमा समीकरण बन्दा पनि सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विश्वासको मत माग्दा कांग्रेसले किन पक्षमा मतदान गरेन ? सबैले प्रश्न उठाउने ठाउँ छ । कांग्रेसले भने सोचे सम्झेर भट्टलाई विश्वासको मत नदिएको छ ।

नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियतमा कायमै रहन मुख्यमन्त्री भट्टलाई मतदान नगरेको हो । संकट परेमा मात्र भट्ट सरकार जोगाउने रणनीति बनाएको कांग्रेसले एमालेले नै सरकारलाई समर्थन गरेपछि मतदान गरिरहनु नै परेन ।

एमालेले मतदान नगरेको भए कांग्रेसले पक्षमा मतदान गथ्र्यो, त्यतिबेला कांग्रेस सत्तापक्ष बन्थ्यो र प्रमुख प्रतिपक्षी दलको हैसियत खोसिन्थ्यो । तर, एमालेले संसदीय दलको बहुमतले पार्टी केन्द्रको निर्देशन विपरित गएरै भएपनि सरकारलाई टिकाइदिएको छ । त्यसको फाइदा कांग्रेसलाई पनि भएको छ । यदि, एमालेले सरकारको विपक्षमा मतदान गर्ने निर्णय गरेको हुन्थ्यो भने कांग्रेसले हाल खाइपाई आएको प्रमुख प्रतिपक्षी दलको हैसियत एमालेमा पुग्थ्यो ।

त्यसैलै कांग्रेसका १२ जना सांसदहरु भट्टलाई मत नदिई तटस्थ बसे ।

 

 

 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  १ : २२ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी