१० चैत्र २०८२, मंगलबार | March 25, 2026

भारतीय रसायन कारखानामा आगलागी, कम्तीमा १८ जनाको मृत्यु



एजेन्सी । पश्चिम भारतको पुनेनजिकै एउटा पानी प्रशोधन गर्न प्रयोग गरिने क्लोरिन डाइअक्साइड (रसायन) उत्पादन गर्ने कारखानामा आगलागी हुँदा १५ महिलासहित कम्तीमा १८ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

आगलागी सुरु हुँदा उक्त कारखानाभित्र ३७ जना कर्मचारी रहेका बताइएको छ । कारखानाबाट सोमबार अपरान्ह धुवाँको मुस्लो निस्किएपछि स्थानीयको सहयोगमा अग्निनियन्त्रकहरूले कारखानाको पर्खाल भत्काएर भित्र फसेका मानिसलाई बाहिर निकालेका थिए । आगलागीको कारण स्पष्ट हुनसकेको छैन ।

पुनेको औद्योगिक क्षेत्रमा रहेको ‘एसभी एक्वा टेक्नोलजीज’नामक कम्पनीको स्वामित्वमा रहेको उक्त कारखाना आगलागीमा ठूलो सङ्ख्यामा मानवीय क्षति भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति शोक व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् । उनले घाइतेलाई केही राहत उपलब्ध गराइने पनि बताएका छन् ।

महाराष्ट्र राज्यको सरकारले पनि पीडितको परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ । घटनाबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ३ : ४९ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण