३१ भदौ २०८३, बुधबार | September 16, 2026

गण्डकीका मुख्यमन्त्री गुरुङले २७ गते विश्वासको मत लिने



पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री गुरुङले आज प्रदेशसभालाई पत्र पठाउँदै यही जेठ २७ गते विश्वासको मत लिने जानकारी गराएका छन् ।

गत वैशाख २९ गते संसदमा ठूलो दलको हैसियतमा गुरुङले मुख्यमन्त्रीमा पुनः नियुक्ति पाएका थिए । नियुक्तिको ३० दिनभित्र संसदमा अनिवार्य रुपमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत भने अहिलेसम्मको राजनीतिक समिकरण अनुसार पाउने अवस्था देखिँदैन । गुरुङले विश्वासको मत प्राप्त गर्न ३१ जना सांसदको मत पाउनुपर्छ । गुरुङको पार्टी एमालेसँग जम्मा २७ मत रहेको छ भने एक जना स्वतन्त्र सांसदको समेत गुरुङलाई समर्थन रहेको छ । राष्ट्रिय जनमोर्चाबाट निस्काशित सांसद कृष्ण थापालाई अदालतले थमौती गरेपछि अब थापाले पनि गुरुङलाई नै समर्थन गर्ने अनुमान गरिएको छ । त्यति गर्दा पनि उनले विश्वासको मत प्राप्त गर्न सक्दैनन् ।

तर अर्कोतिर कृष्ण थापाको पद थमौती भएसँगै विपक्षी गठबन्धनले समेत बहुमत पुर्याउन नसक्ने भएको छ । कांग्रेस, माओवादी केन्द्र, जनतासमाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनसँग पनि बहुमत छैन । यो गठबन्धनसँग ३० मत मात्र रहेको छ ।

मुख्यमन्त्रीले विश्वासको मत हासिल गर्न नसक्ने र विपक्षीले पनि नयाँ सरकार बनाउन नसक्ने अवस्था आएपछि गण्डकी प्रदेशसभा मध्यावधि निर्वाचनमा जानसक्ने संभावना बलियो बनेको छ । यद्यपी, विपक्षी गठबन्धनले अझै पनि ३१ मत प्राप्त गर्नसक्ने सम्भावनाबारे छलफल जारी राखेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ४ : ३८ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।