२१ चैत्र २०८२, शनिबार | April 4, 2026

सुदूरपश्चिममा कोरोना मृत्युदर शून्यमा झर्‍यो



कैलाली । गत २ महिनायता सुदूरपश्चिम प्रदेशमा बुधवार पहिलो पटक कोरोना भाइरस संक्रक्रमणबाट मृत्यु हुनेको दर शून्यमा झरेको छ ।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

सो अवधिमा १ हजार ५२१ नमूना परीक्षण गरिएकोमा २९३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ४१ हजार ८६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको संख्या ४३६ जना रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयलका अनुसार प्रदेशका विभिन्न अस्पतालमा मंगलवार भेन्टिलेटरमा ४, सघन उपचार कक्षमा ८ र कोभिड वार्डमा १४ जना बिरामी भर्ना भएका छन् ।

दोस्रो लहरको कारोना भाइरस संक्रमण फैलिएयता जेठ ७ गते एकैदिन प्रदेशमा सबैभन्दा बढी ९८४ जना नयाँ संक्रमित थपिएका थिए । प्रदेशमा सबैभन्दा बढी एकैदिन ३१ संक्रमितको मृत्यु भएको थियो ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाको अवधि जेठ ३१ गतेसम्म थपिएको छ । रासस

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ७ : २६ बजे

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड काठमाडौं । परराष्ट्रमन्त्री

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी

आज अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू