४ पुस २०८२, शुक्रबार | December 20, 2025

सुदूरपश्चिममा कोरोना मृत्युदर शून्यमा झर्‍यो



कैलाली । गत २ महिनायता सुदूरपश्चिम प्रदेशमा बुधवार पहिलो पटक कोरोना भाइरस संक्रक्रमणबाट मृत्यु हुनेको दर शून्यमा झरेको छ ।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

सो अवधिमा १ हजार ५२१ नमूना परीक्षण गरिएकोमा २९३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ४१ हजार ८६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको संख्या ४३६ जना रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयलका अनुसार प्रदेशका विभिन्न अस्पतालमा मंगलवार भेन्टिलेटरमा ४, सघन उपचार कक्षमा ८ र कोभिड वार्डमा १४ जना बिरामी भर्ना भएका छन् ।

दोस्रो लहरको कारोना भाइरस संक्रमण फैलिएयता जेठ ७ गते एकैदिन प्रदेशमा सबैभन्दा बढी ९८४ जना नयाँ संक्रमित थपिएका थिए । प्रदेशमा सबैभन्दा बढी एकैदिन ३१ संक्रमितको मृत्यु भएको थियो ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाको अवधि जेठ ३१ गतेसम्म थपिएको छ । रासस

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ७ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको